तारेश्वर नगरपालिकाको वडा नम्बर ९ मा रहेको स्थापित हिमरश्मि हाई स्कुलका २०८२ का उत्कृष्ट नतिजा ल्याएका १०५ विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रमका साथसाथै प्यारेन्टिङ कार्यक्रम सम्पन्न गरिएको छ ।

जेष्ठ २ गते नेपालटारमा सम्पन्न उक्त कार्यक्रममा , हिमरश्मि हाईस्कुलका पलश टु कोर्डिनेटर लक्ष्मण पाण्डेले उपस्थित पाहुना तथा अभिभावकका साथै विद्यार्थीहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो। उक्त कार्यक्रममा , आपनो मन्तव्य राख्दै प्रमुख अतिथि सुदिनराज बुढाथोकीले ४-जीपीए ल्याएता पनि विद्यार्थीहरूलाई जिन्दगी जिउने कला/शिक्षामा पनि अब्बल हुनुपर्ने सन्देश दिनुभएको थियो। प्रमुख अतिथि बुढाथोकीले उपस्थित सम्पूर्ण विद्यार्थीहरूलाई उच्च शिक्षाको सफलताको लागि मेरो आशिष लागोस् भन्नुभएको थियो। अभिभावक वर्गतिर संकेत गर्दै शिक्षा प्रमुख सुदिनराज बुढाथोकीले गुणात्मक समय आफ्ना बालबालिकालाई दिन अनुरोध गर्नुभएको थियो। त्यसैगरी बुढाथोकीले विद्यार्थी भाइबहिनीहरूलाई किताब चिनेर मात्र हुँदैन समाज पनि चिन्नुपर्छ भन्ने सन्देश दिनुभएको थियो।

हिमरश्मि हाईस्कुलका संस्थापक प्रिन्सिपल लोकेन्द्र बहादुर खड्काले आफ्नो मन्तव्य राख्दै , उहाँले आफ्नो विद्यालयको पृष्ठभूमि ,,योजना र सफलताका सन्दर्भहरू प्रस्तुत गर्दै ,उहाँले विद्यार्थीको सर्वाङ्गिण विकासमा काम गर्ने विद्यालय नै असल विद्यालय हुने धारणा व्यक्त गर्नुभयो । प्रिन्सिपल खड्काले हिमरश्मि विद्यालयले राष्ट्रिय -अन्तर्राष्ट्रिय क्षेत्रमा शिक्षामा योगदान पुर्याएबापत पटकपटक पुरस्कार लिएको प्रष्ट पार्नुभयो । उहाँले आपनो मन्तव्यमा एसईई तथा बि ई.ई.मा हरेक वर्ष उत्कृष्टता हासिल गर्दै २४ औँ ब्याच एसइइमा आइपुग्दा निरन्तर अगाडि बढिरहेको सन्दर्भ प्रष्ट पार्नुभएको थियो।

हिमरश्मिमा अध्यापन / पढाइरहेका तथा विद्यार्थीलाई मार्गदर्शन गरेका यो उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक शिक्षिकाहरू पनि नगद सहित सम्मानित हुनु भएको थियो । ४- जीपीए ल्याउने ११ जना विद्यार्थीहरूले पनि नगदसहित सम्मान प्राप्त गर्नुभयो । अभिभावकसहित सम्मानित भएका १०५ विद्यार्थीहरूमध्यबाट ४ – जीपीए ल्याउने प्रतीक्षा गौतमले आफ्नो स्कुलको अनुभव राख्दै , उहाँले उत्कृष्ट परिणाम आउनुमा गुरुहरुको मार्गदर्शन , माता पिताको साथ सहयोगको कारणले हो भन्नुभयो । त्यसैगरी सिंगो अभिभावकको तर्फबाट अभिभावक सीता खड्काले यो उत्कृष्ट परिणाम आउनुको श्रेय गुरुवर्गलाई जान्छ भन्दै उहाँले स्कुल भवन मात्र होइन गुणस्तरीय तथा संस्कारयुक्त शिक्षा प्रदान गर्ने बालबालिकाको जीवन सार्थक बनाउने घर पनि हो भन्नुभयो। एस ई.ई -२०८२ व्याचका उत्कृष्ट नतिजा ल्याएका १०५ जना विद्यार्थीलाई अतिथिहरूद्वारा ,अभिभावकसहित Token of Appreciation प्रदान गरेर उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

प्यारेन्टिङ कार्यक्रममा अभिभावकको पनि उत्कृष्ट सहभागिता :
उक्त एस ई.ई. २०८२ को बधाई तथा सम्मान कार्यक्रममा ख्याति प्राप्त प्रशिक्षक डा . रविन कटवालले प्रगतिमूलक जीवनको शुत्रहरू उल्लेख गर्दै, उहाँले आफ्नो लक्ष्यमा लागिरहन तथा सकारात्मक सोचले कुनै पनि आफ्नो महत्वपूर्ण काममा फोकस गर्न सन्देश दिनुभएको थियो। जिन्दगीमा संघर्षले नै मानिसलाई माथि उठाउँछ भन्दै प्रशिक्षक डाक्टर रविन कटवालले बहानाबाजी र अल्छीपनाले मानिसलाई निष्क्रिय र कमजोर बनाउँछ भन्ने सन्देश सहितका दृष्टान्त दिनुभएको थियो।

विद्यालय इन्चार्ज महाप्रसाद अमागाईले सहजीकरण गरेको उक्त कार्यक्रममा हिमरश्मि स्कुलका सल्लाहकार तथा प्राध्यापक डाक्टर श्यामकृष्ण बिष्ट, वरिष्ठ गायक तथा समाजसेवी ध्रुवराज खड्का ,भाइस प्रिन्सिपल नारायण सेढाई,विद्यालयका प्रशासक बलराम दवाडी ,विद्यालय परिवारका शिक्षक -शिक्षिकाहरू, अभिभावक -विद्यार्थी तथा शिक्षाप्रेमी महानुभावहरूको बाक्लो उपस्थितिले उक्त कार्यक्रमको गरिमा बढाएको थियो । कार्यक्रममा प्रतिभाशाली छात्राहरूले नृत्य प्रस्तुत गरेर मनोरन्जन दिलाएका थिए ।
