Saturday, October 24, 2026

पानस हर्बलको ब्रान्ड एम्बेसडर बने पत्रकार अपिल त्रिपाठी, कमाइको ५% शिक्षामा दिने सीईओ कार्कीको घोषणा

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं । पानस हर्बल उद्योग प्रालिले नयाँ ‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’ सार्वजनिक गरेको छ। काठमाडौंस्थित साम्बाला होटलमा आयोजित विशेष उत्पादन सार्वजनिक कार्यक्रममा चर्चित पत्रकार अपिल त्रिपाठीलाई कम्पनीको ब्रान्ड एम्बेसडरसमेत घोषणा गरिएको छ।

कार्यक्रममा त्रिपाठीले कम्पनीसँगको सम्झौतापत्रमा हस्ताक्षर गर्दै पानस हर्बलको उत्पादनको प्रवर्धनमा आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन्। उनले पछिल्लो समय वैज्ञानिक युग भए पनि मानिसहरू विस्तारै प्रकृतितर्फ आकर्षित हुँदै गएको र आयुर्वेदप्रतिको विश्वास पनि बढ्दै गएको धारणा व्यक्त गरे।प्राकृतिक तेल तथा जडीबुटीजन्य सामग्रीहरूको मिश्रणबाट तयार गरिएको ‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’ विभिन्न प्रकारका शारीरिक दुखाइ, मांसपेशी दुख्ने तथा तन्किने समस्या र जोर्नीसम्बन्धी असहजतामा मालिसका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

यस तेलमा जाइफल, लसुन, तुलसी, ल्वाङ, एलोभेरा, अजवाइन, युकालिप्टस, पेपरमिन्ट, भीमसेनी कपूर तथा जैतुन लगायतका प्राकृतिक सामग्रीहरू समावेश गरिएको छ। जोर्नी, ढाड, कम्मर, काँध तथा मांसपेशीमा हुने दुखाइ र तन्किने समस्यामा मालिसका लागि प्रयोग गर्न सकिने तथा मालिस गर्दा शरीरमा आराम र ताजगीको अनुभूति हुने कम्पनीको भनाइ छ।कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत धनबहादुर कार्कीले आफूले कमाएको रकमको ५ प्रतिशत शिक्षा क्षेत्रमा सहयोग गर्ने घोषणा गरेका छन्। उनले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेर शिक्षा क्षेत्रमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।पानस हर्बल उद्योगले प्राकृतिक स्रोत तथा जडीबुटीमा आधारित उत्पादनमार्फत उपभोक्तालाई आयुर्वेदिक जीवनशैलीसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। नयाँ उत्पादनसँगै कम्पनीले आफ्ना आयुर्वेदिक उत्पादनलाई थप विस्तार गर्ने तयारीसमेत गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत धनबहादुर कार्कीले जानकारी दिए ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00