तारकेश्वर नगरपालिकाद्वारा उत्कृष्ट नतिजा (जीपीए ४ ) ल्याउने  १७ जना विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण

संयम दैनिक
0 कमेन्टहरु


माध्यमिक शिक्षा परीक्षा एसईई२०८१ मा  तारकेश्वर नगरपालिका भित्रका  विद्यालयहरूबाट २०८१ – एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ४ – जीपीए प्राप्त गर्ने विद्यार्थीलाई समान तथा पुरस्कार वितरण कार्यक्रम  तारकेश्वर नगरपालिकाद्वारा एक समारोहका बीच आफ्नै सभाहलमा सम्पन्न  गरिएको छ।

२०८२ असार २० गते तारकेश्वर नगरपालिकाको सभाहलमा नगर प्रमुख तथा उक्त कार्यक्रमका  सभाध्यक्ष कृष्ण हरि महर्जन रहेको कार्यक्रममा स्वागत मन्तव्य प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य लगायत   वडा नम्बर २ का वडाध्यक्ष राधा कृष्ण खड्की ,वडा  नं  ३ का  वडाअध्यक्ष परशुराम अर्यालले दिनुभएको थियो।  पुरस्कृत हुने विद्यार्थीहरूमा  कालीदेवी माविकी  ४ जीपीए ल्याउन सफल छात्रा प्रणिता ओझा , संस्थागत विद्यालय युनाइटेड स्कलर्स एकेडेमीकी प्रतिमा तामाङ   अनि त्यसैगरी  लालीगुराँस नेसनल एकेडेमीका छात्र सौरभ रिजाल तथा  शुभकामना इङ्लिस बोर्डिङ स्कुलबाट सोफिया सैयदले मन्तव्यमा आफ्नो ४ -जीपिए आउनुको मुख्य कारण गुरुहरू , अभिभावक , साथीभाइ र आफ्नो मेहनत रहेको प्रष्ट पार्नुभएको थियो।

त्यसैगरी सम्मान तथा पुरस्कार ग्रहण गर्ने विद्यार्थी भाइबहिनीहरूलाई हौसला दिँदै  , तारकेश्वर नगरपालिकाकी उपमेयर सिर्जना बुर्लाकोटी अर्यालले आफ्नो इच्छा अनुसार ११/१२ पढ्नुपर्ने र आफ्नो रुचिको विषय पढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको  थियो। उक्त सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका सभाध्यक्ष तथा नगर प्रमुख कृष्णहरि महर्जनले विद्यार्थीहरूको सफलता तथा ४ जीपिएको प्राप्तिको लागि स्कुल व्यवस्थापन,, प्रधानाध्यापक, गुरुवर्ग , अभिभावक र विद्यार्थीहरूको मेहनतको प्रशंसा गर्दै, उहाँले नगरपालिकाले आउँदो दिनमा तारकेश्वर विश्वविद्यालयको परिकल्पना गरेको समेत धारणा व्यक्त गर्नुभएको थियो।तारकेश्वरको सामुदायिक विद्यालयको  यो वर्ष समग्रमा ८५% परिणाम आउँदा  , उहाँले अर्को वर्षमा यसलाई बढाएर ९० -९५ % पुर्याउनुपर्ने विचार समेत प्रष्ट पार्नुभएको थियो ।

सामुदायिक विद्यालयतर्फ पृथ्वीनारायण माध्यमिक विद्यालय माध्यमिक शिक्षा परीक्षा -२०८१ ( एसईई ) को परिणाममा  काठमाडौं जिल्लाका सत प्रतिसत बिद्यार्थी उत्तीर्ण गराउन सफल २१ वटा सामुदायिक बिद्यालयहरुमध्ये  प्रथम स्थानमा तारकेश्वर नगरपालिकाकै पृथ्वीनारायण माध्यमिक विद्यालय पर्न सफल भएको छ । अर्कोतिर तारकेश्वर नगरको १५ वटा सामुदायिक विद्यालयमा  पृथ्वीनारायण मावि लगायत काभ्रेस्थली मावि,  जितपुर मावि ,फुटुङ मावि , सत् प्रतिशत विद्यार्थी पास गराउन सफल भएका छन् ।  त्यसैगरी सामुदायिक विद्यालयबाट कालीदेवी माविका प्रणिता ओझा र दीपेन्द्र आचार्य  दुईजना विद्यार्थीहरूले ४ र्जीपिए ल्याएर  तारकेश्वर नगरपालिकाको गरिमा बढाएका छन्।

banner

तारकेश्वर नगरपालिकाको संस्थागत  विद्यालयतर्फ  सबैभन्दा बढी विद्यार्थीले  ४ – जीपीए ल्याएको विद्यालय शुभकामना इङ्लिस बोर्डिङ स्कुलका  विद्यार्थीहरू –  श्वेता गुरुङ, विनायक शर्मा , सोफिया सैयद, समिश्रण तामाङ, अन्जली थापा, आयुषा राई ,सदिक्षा भट्टराई उत्कृष्ट र उदाहरणीय बन्न  ७ विद्यार्थी सफल रहेका छन् । तारकेश्वर नगरपालिकामा   त्यसैगरी कौशल इङ्लिस बोर्डिङ स्कुलबाट सूचन बस्नेत र विजय कुमार शाह ४जीपीए ल्याउन सफल मेधावी  विद्यार्थीहरू बनेका छन् ।अर्कोतर्फ प्रारम्भ  वर्ल्ड स्कुलबाट मेहनती विद्यार्थीहरूमा प्रतिज्ञा तामाङ र दिपेश गौतम परेका छन्। जसले४जीपिए ल्याएर स्कुलको गरिमा बढाएका छन् । त्यसैगरी लालीगुराँस नेसनल एकेडेमीका सौरभ रिजाल र समृद्धि रिजाल ४ -जीपीए ल्याएर पुरस्कार तथा सम्मान प्राप्त गर्न सफल भएका छन्। नर्थ प्वाइन्ट एकेडेमीका  निश्चल गिरी  र युनाइटेड स्कलर्स एकेडेमीकी प्रतिमा तामाङ ४जीपीए ल्याउन सफल  परिश्रमी विद्यार्थी भएका छन्।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सामुदायिक विद्यालयका दुईजना विद्यार्थीहरूलाई जनही  १ लाख नगद पुरस्कार र एक-एकवटा ल्यापटप पुरस्कार स्वरूप दिइएको थियो भने संस्थागत विद्यालयतर्फका १५ जना ४जीपीए ल्याउन सफल विद्यार्थीहरूलाई जनही ५० हजारका दरले नगद पुरस्कारका साथै जनही एक -एकवटा ल्यापटप समेत अतिथिहरूबाट प्रदान    गरिएको थियो।

कार्यक्रममा सामुदायिक विद्यालय  तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरू पुरस्कृत हुने
भाइबहिनीहरुका  अभिभावकहरू एवं पत्रकारहरूको उपस्थिति रहेको थियो। 

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00