
प्रथम , द्वितीय, तृतीय हुनेलाई क्रमशः २५००० , १५०००, ५००० नगद पुरस्कार प्रदान गरिने यो प्रतियोगितामा ५ दिनसम्म स्पर्धा हुनेछ।
२१ टिमले प्रतिस्पर्धा गर्ने यो निजी तथा सामुदायिक विद्यालयको तर्फबाट पनि सहभागिता जनाइएको छ । एम वि अमागाईंले सहजीकरण गरेको यो कार्यक्रममा विशिष्ट अतिथि प्राध्यापक श्यामकृष्ण विष्ट , राम बहादुर के सो, तारकेश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकी , ओप्स सचिव शिव अर्याल , तारकेश्वर शैक्षिक मञ्च अध्यक्ष झनकराज शर्मा , तारकेश्वर नगर प्याब्सन उपाध्यक्ष नवराज न्यौपाने लगायतका खेल प्रशिक्षकहरू र खेल प्रेमी विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

यो प्रथम हिमरश्मि कपमा हिमरश्मि निलोले विजयको सुरुआत गरेको छ । भलिवल प्रतियोगिताले उत्सवमय भएको यो उद्घाटन कार्यक्रममा ओप्स परिवार न्यूटन स्कूलका विद्यार्थी, अन्तर्राष्ट्रिय खेलाडीलाई प्रमुख अतिथि मेयर महर्जनको हातबाट सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रतिभाशाली विद्यार्थीले बेला बेलामा नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरन्जन प्रदान गराएका थिए ।

