काठमाडौं ।
तारकेश्वर शैक्षिक मञ्चले चौथो अधिवेशन नैकाप काठमाडौंमा तारकेश्वर शैक्षिक मञ्चका अध्यक्ष नवराज न्यौपानेको सभाध्यक्षतामा एक समारोहबीच सम्पन्न गरेको छ ।
२०८१ मंसिर ३० गते सम्पन्न अधिवेशनले गोल ढुङ्गा अर्किड मा .वि .का प्रिन्सिपल झनकराज शर्मा अध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति सर्वसम्मतले निर्वाचित भएको नव निर्वाचित कोषाध्यक्ष वेदराज घिमिरेले बताए ।
नयाँ कार्यसमितिमा अध्यक्ष – झनकराज शर्मा , वरिष्ठ उपाध्यक्ष – अवसर पौडेल , उपाध्यक्ष – नारायण पोख्रेल , सचिव -उत्तमराज पण्डित , कोषाध्यक्ष – वेदराज घिमिरे , सहसचिव – हरि गोतामे र विराज राई , सह कोषाध्यक्ष – श्यामकृष्ण भेटवाल निर्वाचित भए भने सदस्यहरूमा नवराज पाण्डे , केदार गुरागाईँ र महेश प्रसाद सिटौला निर्वाचित भए ।
२०७५ सालमा स्थापना भएको यो तारकेश्वर शैक्षिक मञ्चमा २७ वटा स्कूलहरु आवद्ध छन् , विद्यार्थीमा गुणस्तरीय शिक्षा र उनीहरुको सर्वाङ्गीण विकासमा योगदान पुऱ्याउने उद्देश्य रहेको यो मञ्चका संस्थापक अध्यक्ष शिवहरी लामिछाने हुन्। त्यसैगरी संस्थाका संरक्षक पूर्व प्याब्सन काठमाडौँ अध्यक्ष – शिक्षा सेवी दीपक कुमा गुरुङ हुन्। नयाँ कार्यसमितिमा सल्लाहकारको रुपमा शिवहरि लामिछाने , नवराज न्यौपाने , राधाकृष्ण अर्याल रहेका छन् ।