निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, प्याब्सन जिल्ला कार्यसमिति काठमाण्डौंद्वारा प्याब्सनको ३५ औं स्थापना दिवस भब्य रुपमा मनाइएको छ । उक्त उत्सवमय समारोहमा समाजमा विशेष योगदान पुऱ्याएका विशिष्ट व्यक्तिहरूलाई नगदसहितले सम्मान गरिएको छ।

पुष २४ गते सम्पन्न गरिएको कार्यक्रममा , काठमाडौँ जिल्ला प्याब्सनसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सूर्यबहादुर केसीले अतिथिहरूलाई स्वागत मन्तव्य व्यक्त गर्दै उहाँले प्याव्सनले आफ्नो विरासत कायम राख्दै प्याब्सनका पूर्वजले देखाएको वाटोलाई शिरमा राखेर अगाडि बढ्ने धारणा व्यक्त गर्नुभएको थियो।

२०४७ पुषको २४ गते स्थापना भएको प्याब्सनको , पृष्ठभूमि तथा अग्रज प्याबसनिष्टहरूलाई स्मरण गर्दै ,काठमाडौँ जिल्ला प्याब्सन अध्यक्ष तथा उक्त कार्यक्रमका सभाध्यक्ष नवराज भट्टले मन्तव्य राख्दै ,कार्यक्रमलाई व्यापक रुपमा मनाउन गरेको सबैको सहयोग र सहकार्यको प्रशंसा गर्नुभएको थियो । ३५ औँ स्थापना दिवसलाई काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष भट्टले आफ्नो मन्तव्यको सन्दर्भमा ,,उहाँले समाजमा महत्वपूर्ण योगदान दिएका विशिष्ट व्यक्तिहरूलाई हौसला प्रदान गर्दै नगदसहितले सम्मान गर्ने काम प्याब्सनको दायित्व रहेको धारणा राख्नुभएको थियो । आफ्नो मन्तव्यमा सभाध्यक्ष भट्टले ७७ जिल्लामध्ये ७३ जिल्लामा प्याव्सन फैलिएको धारणा प्रष्ट पार्दै , उहाँले प्याबसनका ५ हजार विद्यालयमा २ लाख ५० हजार विद्यार्थीले स्कलरशिपमा पढ्दै गरेको र समग्रमा ३४ प्रतिशत विद्यार्थीहरू निजी विद्यालयमा रहेको तथ्य प्रकाश पार्नुभएको थियो ।

त्यसैगरी ३५औं प्याब्सन स्थापना दिवसका प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा अच्यूत वाग्लेले शुभकामना मन्तव्य राख्दै , उहाँले आफ्नो देशलाई निर्माण नगर्नेलाई अरुले पनि सम्मान गर्दैनन् भन्दै उहाँले संसारको कुनै पनि देशले निजी लगानीलाई संरक्षण गर्दा मात्र राष्ट्र समृद्ध हुन सक्ने विचार व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि डा वाग्लेले आजको विद्यार्थीहरूलाई प्रविधिको ठिक तरिकाले प्रयोग गर्न चुनौती रहेको र यो चुनौती सामना गर्ने सकस शिक्षक र अभिभावकमा पनि रहेको विचार व्यक्त गर्नुभएको थियो।

विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका आठजना व्यक्तित्वहरू – खेल जगतबाट कुमार राई, एमविविएसमा सर्बोत्कृष्ट अंक ल्याउने अस्तित्व ओझा, इञ्जीनियरीङ बिषयमा सर्बोत्कृष्ट अंक ल्याउने आयुस पराजुली, आर्थिक अवस्था कम्जोर भएर पनि छात्रबृत्तिमा एमबिबिएसमा नाम निकाल्न सफल सत्यनारायण साफी र पवनदेव माझी सबैलाई जनही रु ५० हजारका दरले विशिष्ट अतिथिहरुद्वारा सम्मान गरिएको थियो । त्यस्तै हेर्ने कथाबाट परिचित भएका दाङका चन्द्रबिर ओलीलाई नगद रु ५० हजार सहित सम्मान गरियो । ओलीको आर्थिक अवस्था निकै कम्जोर रहेकाले दाङबाट आउने जाने भाडा समेत प्याब्सन काठमाण्डौंले उपलव्ध गराएको थियो । त्यसैगरी देउडा गीत गायक नन्दकृष्ण जोशी पनि नगद ५० हजार सहित सम्मानित हुनुभएको थियो। कार्यक्रममा यस बर्षको अग्रज प्याव्सनीष्टको रुपमा काठमाण्डौं जिल्लाका संस्थापक अध्यक्ष बसन्त श्रेष्ठलाई समेत नगद रु ५० हजार सहित सम्मान गरिएको थियो।

नेपाल प्रज्ञा प्रतिष्ठानको कमलादीमा सम्पन्न गरिएको उक्त कार्यक्रममा राजनीतिक पार्टीका नेताहरू एमालेबाट योगेश भट्टराई , रास्वपावाट शिशिर खनाल , नेपाली कांग्रेसवाट नयनसिंह महर लगायतले निजी विद्यालयको योगदान तथा निजी लगानीको चुनौतीलाई नेपालको संविधानको मर्मसँग जोड्दा निजी लगानीको समग्र शिक्षा प्रणालीमा रहेको सकसलाई मिलाउन सकिने धारणा प्रष्ट पार्नुभएको थियो।

त्यसैगरी निवर्तमान प्याब्सन केन्द्रीय अध्यक्ष डिके ढुङ्गाना, प्याब्सन केन्द्रीय कोषाध्यक्ष, चितवन प्याबसन जिल्ला अध्यक्ष, शिक्षासेवी सानो आमात्य ,नेसनल प्याबसनका केन्द्रीय अध्यक्ष सुभाष न्यौपाने,हिसानका अध्यक्ष युवराज शर्मा, शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौँका प्रमुख डाक्टर समानतामणि आचार्य,पूर्व प्याप्सन अध्यक्ष भोजबहादुर शाह, शिक्षासेवी डाक्टर सुरेन्द्र सिटौला, प्याब्सन केन्द्रीय सदस्य लोकेन्द्रबहादुर खड्का लगायतका शिक्षासेवीहरुको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो।

उत्सवमय तरिकाले सम्पन्न गरिएको ३५औं स्थापना दिवस तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रममा काठमाडौँ जिल्लाभित्रका विभिन्न नगरबाट सांस्कृतिक झाँकी, विविध भेषभूषासहित मौलिक नृत्यहरूले कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण बनाएको थियो।

प्याब्सन काठमाडौँ जिल्ला सचिव कृष्ण भण्डारीले सहजीकरण गरेको उक्त कार्यक्रममा प्याब्सनमा आबद्ध विद्यालयबाट उपस्थित डाइरेक्टर, प्रिन्सिपल, शिक्षक – विद्यार्थीहरू तथा शिक्षा सरोकारवाला शिक्षा प्रेमी महानुभावहरूका साथै प्याब्सन नगर , केन्द्र , जिल्ला तथा प्रदेश स्तरीय प्रतिनिधिहरूको समेत वाक्लो उपस्थिति रहेको थियो। निजी लगानीमा रहेका प्याब्सन आबद्ध विद्यालयहरूले शिक्षामा गुणस्तरीय शिक्षाका लागि योगदान दिइरहेको र यही निजी विद्यालयबाट उत्पादित विद्यार्थीहरूले राजनीति, इतिहास, विज्ञान, अर्थशास्त्र, प्रशासन , कला ,खेलकुद तथा साहित्य -संस्कृतिको उच्च पदमा रहेर राष्ट्रिय -अन्तर्राष्ट्रिय स्तरमा योगदान दिइरहेका छन् । प्याब्सनले विद्यार्थी ,शिक्षक तथा निजी विद्यालयका लगानीकर्ताको हक हितमा पनि विगतदेखि आफ्नो आवाज उठाउँदै आएको देखिएको छ । प्याबसनले समग्र शिक्षा प्रणालीका सुधारका दृष्टिकोणहरु राख्दै व्यवहारिक तथा वैज्ञानिक शिक्षामा समेत जोड दिएको छ । प्याब्सनको २०४७ पुष २४ गते स्थापना कालदेखि आजसम्म आइपुग्दा नेपालको शिक्षा क्षेत्रको वृद्धि विकाशमा प्याब्सनको महत्त्वपूर्ण योगदान कसैले नकार्न सक्ने अवस्था छैन । नेपालको निजी विद्यालयको यो छाता संगठन आफैमा एउटा शिक्षाको पर्याय जस्तो भइसकेको छ ।


