काठमाडौं ।
तारकेश्वरस्थित एन्जेल्स हार्ट नेशनल स्कूल र शुभम इन्टरनेशनल हस्पिटल प्रालिबीच सेवा आदान–प्रदान तथा सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार विद्यालयका विद्यार्थी, अभिभावक, संरक्षक तथा शिक्षण–गैरशिक्षण कर्मचारीले अस्पतालको चिकित्सा तथा शल्यक्रिया सेवामा १५ प्रतिशत छुट पाउनेछन्। त्यस्तै, अस्पतालका चिकित्सक तथा कर्मचारीका सन्तानले एन्जेल्स हार्ट नेशनल स्कूलमा अध्ययन गर्दा विद्यालय शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।
सम्झौतापत्रमा विद्यालयका प्रधानाध्यापक टक बहादुर थापा तथा शुभम इन्टरनेशनल हस्पिटलका अस्पताल प्रबन्धक डा. प्रमोद अधिकारी र प्रशासकीय प्रमुख श्याम भक्त घिमिरेले हस्ताक्षर गरेका छन्। सम्झौता एक वर्षका लागि लागू हुने जनाइएको छ।
