Thursday, July 30, 2026

एसईईमा ४.० जीपीए ल्याउने ३१४ विद्यार्थीलाई प्याब्सन काठमाडौंको सम्मान

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं, असार २१ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिले एसईई – २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ।

हरेक वर्ष भव्यरुपमा र सम्पन्न हुने गरेको , काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको ‘एसईई २०८२ सम्मान कार्यक्रम–२०८३’ मा नेपाल सरकारका राष्ट्रिय सभाका अध्यक्ष प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा काठमाडौं जिल्लाका प्याब्सन आबद्ध विद्यालयबाट ४.०० जीपीए प्राप्त गर्ने ३१४ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै, उत्कृष्ट औसत जीपीए हासिल गर्ने विद्यालय, उत्कृष्ट विषयगत शिक्षक तथा एसईईमा सहभागी सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयहरूलाई पनि सम्मान प्रदान गरियो। प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष भोजबहादुर शाहसहित शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई ‘प्याब्सन विशेष सम्मान’ प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन काठमाडौंका अध्यक्ष उक्त सम्मान कार्यक्रमका सभाध्यक्ष नवराज भट्टले सम्मानले विद्यार्थी, शिक्षक र विद्यालयलाई अझ उत्कृष्ट कार्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्याब्सनले गुणस्तरीय शिक्षा, शिक्षक तालिम, प्रविधिमैत्री शिक्षण र अतिरिक्त क्रियाकलापमार्फत शिक्षा क्षेत्रको विकासमा निरन्तर काम गर्दै आएको बताउनुभयो। काठमाडौं जिल्लामा प्याब्सनका करिब ६५० सदस्य विद्यालय रहेको जानकारी दिँदै वार्षिक कार्ययोजनाअनुसार विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्नुभयो।

banner

अध्यक्ष भट्टले सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्ताव गरेको ३ प्रतिशत शिक्षा समता करप्रति असन्तुष्टि जनाउँदै यसले निजी विद्यालयमा थप आर्थिक भार पर्ने बताउनुभयो। निजी विद्यालयको योगदानलाई सम्मान गर्दै उक्त व्यवस्था पुनर्विचार गर्न सरकारसँग आग्रह गर्नुभयो।

प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निजी विद्यालयले शिक्षा विस्तार, गुणस्तर सुधार, रोजगारी सिर्जना तथा राज्यको दायित्व कम गर्न महत्वपूर्ण भूमिका खेलेको विचार व्यक्त गर्नुभयो । उहाँले शिक्षा समता करबारे देशभर विरोध भइरहेको भन्दै यस विषयमा राष्ट्रिय सभाबाट पनि आवश्यक पहल भइरहेको जानकारी दिनुभयो।

उहाँले शिक्षा क्षेत्रसम्बन्धी नीति तथा कानुन बनाउँदा सबै सरोकारवालासँग परामर्श गरेर विद्यार्थी, अभिभावक, शिक्षक र शैक्षिक संस्थाको हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो। उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू देशको भविष्य भएकाले उनीहरूको प्रतिभालाई निरन्तर प्रोत्साहन गर्नुपर्ने उहाँको अभिप्राय थियो।

कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष भोजबहादुर शाहले निजी विद्यालयले नेपालको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको उचित मूल्याङ्कन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। समग्रमा उहाँले गुणस्तरीय शिक्षा विकासका लागि निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

उत्सवमय सांस्कृतिक प्रस्तुति, स्वागत नृत्य तथा सम्मान वितरणसहित सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रीय समिति अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगायत जिल्ला तथा प्रदेशका पदाधिकारीहरु ,विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरूको बाक्लो सहभागिताले कार्यक्रमको गरिमा बढाएको थियो। कार्यक्रमको सहजीकरण प्याब्सन काठमाडौँ सचिव कृष्ण भण्डारी , सहसचिव द्वय शिवप्रसाद अर्याल तथा सौर्यनाथ आचार्यले गर्नुर्भएको थियो

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00