काठमाडौं ।
पुष २ गते तारकेश्वर नगरपालिका मेयरले उद्घाटन गरेको प्रथम हिमरश्मि कप यू-१९ उपत्यकाव्यापी छात्र भलिवल प्रतियोगिताको सृङ्खला लगातार तेश्रो दिनमा आइपुग्दा क्वाटर फाइनलमा प्रवेश गरेको छ।
पुस ४ गते , तेश्रो दिनको प्रतिस्पर्धात्मक खेलको सृङ्खलाले क्वाटरफाइनलमा नेपाल राष्ट्रिय मा वि र एन्जल हार्ट , ग्ग्ल्यासियर र हिमरश्मि , त्यसैगरी सेन्ट लरेन्स र जय मल्टिपल अर्को युनिग्लोव र न्यूटन स्कूल / कलेजवीचको प्रतिस्पर्धामा पुऱ्याएको छ ।
प्रथम हिमरश्मि कप – १९ छात्र उपत्यकाव्यापी भलिवल प्रतियोगिता पुष ६ गतेसम्म चल्नेछ । यो प्रतिस्पर्धामा २१ टीम सहभागी भएका छन् ।

