299
काठमाडौं
पुस २ गते तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनद्वारा उद्घाटन गरिएको प्रथम हिमरश्मि कप यु – १९ उपत्यकाव्यापी छात्र भलिवल प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल भलिवल संघका केन्द्रीय अध्यक्ष जितेन्द्र बहादुर चन्द रहेका थिए । २१ टीमले सहभागिता जनाएको उक्त समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्दले नेपालले भलिवलमा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सक्दैन भन्नु गलत हो भने । उनले आफ्नो मन्तव्यमा स्कूलका विद्यार्थी नै भोलिका लागि राष्ट्रिय खेल भलिवलका आधार हुन् भन्ने धारणा व्यक्त गरे।

रू. ६,५०,००० को खर्च छुट्टाइएको यो प्रथम हिमरश्मि कपमा नगद पुरस्कार समेत प्रदान गरिएको थियो । आगामी दिनमा पुरस्कारको राशि बढाउँदै लाने विश्वास आयोजक स्कूलका प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले दिलाएका थिए ।

पुष छ गते सम्पन्न , ५ दिनको यो प्रतिस्पर्धामा न्यूटन , एन्जल हार्ट र आयोजक हिमरश्मि स्कूल / कलेज क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान सुरक्षित पार्न सफल भए ।

समापन कार्यक्रमका सभाध्यक्ष तिर्थ गुरुङ रहेको कार्यक्रममा सहजीकरण भने एम पी अमागाईले गरेका थिए । अर्कोतर्फ सात विधामा सात खेलाडीहरू पुरस्कृत हुनेहरूमा, न्यूटनका उत्कृष्ट खेलाडी राजन परियार घोषित भए भने हिमरश्मिका सन्देश परियार उत्कृष्ट लिफ्टर र हिमरश्मीकै अमृत अधिकारी उत्कृष्ट स्पाइकर घोषित भए । त्यसैगरी एन्जल्स हार्टका प्रवीण सुनार उत्कृष्ट सर्भर, न्युटनका सरोज खनाल उत्कृष्ट डिफेन्डर र एन्जल्स हार्टका निर्मल बिक उत्कृष्ट ब्लकर चुनिए र अर्का न्युटनका कृष्ण साउद उदियमान खेलाडी घोषित भए ।