काठमाडौं ।
महानगरको ठमेल बजारमा विगतका वर्षजस्तो विदेशी पाहुनाहरू क्रिसमस डेमा नआएको कुरा होटेल व्यवसायीहरूले जनाएका छन् जसको फलस्वरूप विगतका वर्षहरू जस्तो व्यवसाय यो क्रिसमस दिवसमा रौनक र उत्साह बढेको छैन। यो बेलामा होटेलहरू विदेशी पाहुनाहरुले खचाखच भरिनुपर्नेमा खासै होटल व्यवसायीहरूमा उत्साह देखिएको छैन ।
डिसेम्बर २५ लाई क्रिश्चियन धर्मावलम्बीहरूले धुमधामको साथ मनाउने परम्परा छ। नेपालमा पनि पछिल्लो अवधिमा क्रिश्चियन धर्मको प्रत्यक्ष प्रभाव परेर यो पर्वलाई विभिन्न विद्यालयहरूमा र घरघरमा चर्चहरुमाधुमधामसँग मनाइँदै छ ।
नेपालका निजी विद्यालयमा पनि यो दिवसको मनाउन थालिएको छ । नयाँ नेपालमा नयाँ संविधान जारी भएपछि सबै किसिमका धर्म र संस्कृतिको संरक्षण र विकासका ढोकाहरु खुलेका छन् ।