काठमाडौं । अध्ययनका लागि बिदा लिएर विदेश वा अन्यत्र गएका तर लामो समयसम्म विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापकमाथि त्रिभुवन विश्वविद्यालयले रकम असुली प्रक्रिया तीव्र बनाएको छ।विश्वविद्यालयले गरेको छानबिनपछि हालसम्म ४१ जना प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता लिई पेन्सन कोषमा जम्मा गरिएको जनाएको छ।त्रिभुवन विश्वविद्यालयका अनुसार अध्ययन बिदा लिएका १९१ जना प्राध्यापकमध्ये ४१ जनाले आफूले बुझाउनुपर्ने रकम फिर्ता गरिसकेका छन्। यस्तै, ६२ जनाले रकम बुझाउन निवेदन दिएका छन् भने थप ५४ जनालाई रकम फिर्ता गर्न औपचारिक पत्र पठाइएको छ। विश्वविद्यालयले अध्ययन बिदासम्बन्धी नियम कार्यान्वयन गर्दै रकम असुली प्रक्रिया अघि बढाएको जनाएको छ।
४१ जना प्राध्यापकबाट त्रिभुवन विश्वविद्यालयको छानविनपछि १० करोड ४६ लाखभन्दा बढी रकम फिर्ता
11