दोस्रो राष्ट्रिय एन्जल्स हार्ट अन्तर -विद्यालय/कलेजस्तरीय पुरुष भलिबल प्रतियोगिता जेठ २३ देखि २६ गतेसम्म सञ्चालन हुने ।

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं ।

एन्जल्स हार्ट माध्यमिक विद्यालय/कलेज, तारकेश्वर–१० मनमैजुले ‘दोस्रो राष्ट्रिय एन्जल्स हार्ट अन्तर विद्यालय/कलेजस्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ ।

प्रतियोगिता जेठ २३ देखि २६ गतेसम्म विद्यालय परिसरमा सञ्चालन हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार विद्यालय तथा +२ तहमा राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । नेपाल भलिबल संघ, राष्ट्रिय परीक्षा बोर्ड, हिसान, प्याब्सन, एनप्याब्सन, विद्यालय भलिबल कमिसन तथा नगर शिक्षा कार्यालयलगायतका संस्थाको समन्वय र व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ।

जेठ १९ गते एन्जल्स् हार्ट स्कुलका उपाध्यक्ष तथा कार्यक्रम संयोजक यमबहादुर छन्त्यालले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रव्यापी भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार ट्रफी गोल्ड मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार ३ o हजार नगदसहित ट्रफी सिल्भर मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार १५ हजार नगदसहित ट्रफी ब्रोन्चमेडल प्रमाणपत्र लगायत अन्य बेस्ट स्पाइकर, बेस्ट लिफ्टर , बेस्ट सर्भर, बेस्ट ब्लकर , बेस्ट डिफेन्स , बेस्ट प्लेयर नगदसहित गोल्ड मेडल तथा प्रमाणपत्रले पुरस्कृत हुने प्रेस विज्ञप्तिमार्फत संचारकर्मीका माझ प्रष्ट पार्नु भएको छ । करिव ५० टिम प्रतिस्पर्धामा आउन सक्ने आयोजकले प्रष्ट पार्दै भलिवल प्रतियोगिताको आयोजनाले भलिवल खेलप्रेमीहरु उत्साहित भएको
समेत जनाएकोछ । प्रतियोगितामा करिव ६ लाख माथिको खर्च हुने अनुमान गरिएको छ ।

banner

स्कुल व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर पुनले उक्त पत्रकार सम्मेलनको सभाध्यक्षता गर्नुभएको थियो भने कार्यक्रममा शुभकामना मन्तव्य दिनहरूमा ओपेनकी राष्ट्रिय उपाध्यक्ष रेखा शाह हमाल, तारकेश्वर प्याब्सन अध्यक्ष गोपाल बुढाथोकी ,एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापा , एन्जल्स् हार्ट स्कुलका अर्थ -निर्देशक समिरराज भण्डारी ,स्कुलका भाइस प्रिन्सिपल दिलबहादुर बुढाथोकी लगायतले कार्यक्रमको औचित्य र उपयोगितामाथि प्रकाश पार्दै, यस्ता कार्यक्रमले सामाजिक एकता र ग्रामीण समुदायमा रहेको प्रतिभालाईअगाडि बढाउँदै राष्ट्रिय – अन्तर्राष्ट्रिय खेलाडीको निर्माण गरी खेलकुद र शिक्षालाई साथसाथै लैजाने उद्देश्यमा सहयोग पुऱ्याउने धारणा प्रष्ट पार्नुभएको थियो।

एन्जल्स् हार्ट माध्यमिक विद्यालय / कलेजका प्रधानाध्यापक धनबहादुर पुनले सहजीकरण गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सांसद माननीय शैलेन्द्रमान वज्राचार्यले कतिपय यस्ता खेलकुदका कार्यक्रमहरू राज्यसँग सहकार्य गरेर अगाडि बढ्ने गर्दा प्रतियोगिताको उपयोगिता र महत्व अझैं बढ्न जान्छ भन्नुभएको थियो ‘ ।

त्यसैगरी स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा उक्त राष्ट्रव्यापी भलिवल प्रतियोगिताका प्रेस मिटका सभाध्यक्ष लिल बहादुर पुनले खेलकुदको सान्दर्भिकता उल्लेख गर्दै ,उहाँले खेलकुदलाई सामाजिक मेलमिलाप र गतिशीलता प्रदान गर्ने माध्यमको रूपमा लिन सकिन्छ भन्नुभएको थियो। यसैगरी प्रेस विज्ञप्तिका सभाध्यक्ष लिल बहादुर पुनले राष्ट्रव्यापी भलिवल प्रतियोगितालाई सफल पार्न विभिन्न संघ -संस्था खेलाडी , रेफ्री , खेलप्रेमी जनसमुदायको सहयोगको अपेक्षा गर्नुभएको थियो।

प्रतियोगिताका केही नियम / सीमाका सन्दर्भहरू

  • – – – – – – – – – – – – – – – – – – –
    प्रतियोगितामा कक्षा १० का SEE ०८२ Appeared विद्यार्थी, कक्षा ११ र १२ मा अध्ययनरत तथा १८ वर्ष ननाघेका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । प्रत्येक टोलीमा १० खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक गरी १२ जना रहने व्यवस्था गरिएको छ।
    आयोजकका अनुसार प्रतियोगिता एफआइभीबी (FIVB) को प्रचलित नियमअनुसार सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागिताका लागि प्रति टीम ५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ भने नाम दर्ताको अन्तिम मिति जेठ २० गतेसम्म राखिएको छ ।
    प्रतियोगितामा सहभागी खेलाडी अनुशासित हुनुपर्ने, प्रोटेस्टका लागि आवश्यक प्रमाणसहित शुल्क बुझाउनुपर्ने तथा खेलसम्बन्धी अन्तिम निर्णय अफिसियल टोली र आयोजक समितिको हुने नियमावलीमा उल्लेख गरिएको छ।

एन्जल हार्टस् स्कुलले आयोजकको तर्फबाट कार्यक्रमको पूर्व तयारी गरिसकेको सन्दर्भसमेत प्रष्ट पार्दै ,यो राष्ट्रव्यापी भलिबल प्रतियोगितालाई , सरोकारवाला सबैसँग स्पर्धाको मर्यादाभित्र सञ्चालन गर्नको लागि सहकार्य र सहयोगको अपेक्षा समेत व्यक्त गरेको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00