Saturday, August 1, 2026

उत्कृष्ट नतिजा ल्याउने ११६ विद्यार्थी र ९४ विद्यालय हिसान काठमाडौँबाट सम्मानित, तारकेश्वरका ९ विद्यालय पनि सम्मानित

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं, साउन १५ — उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ–नेपाल (हिसान) काठमाडौँ जिल्ला कार्यसमितिले एस एलसी–२०८३ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ। शुक्रबार भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको सभाकक्षमा आयोजित ‘SLC सम्मान कार्यक्रम–२०८३’ मा काठमाडौँ जिल्लाका ९४ विद्यालयका ११६ उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई एक समारोहकाबीच सम्मान गरिएको हो। जस अन्तगर्त तारकेश्वर काठमाडौँका ९ विद्यालयका ९ जना विद्यार्थी पनि सम्मानित भएको तारकेश्वर हिसानले जनाएको छ ।

कार्यक्रममा सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूको शैक्षिक उपलब्धिको कदर / सम्मान गरिएको आयोजकले जनाएको छ। हिसान काठमाडौँका अध्यक्ष गोपीराज पराजुलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व राज्यमन्त्री तथा हिसान निर्देशक परिषद्का संयोजक उमेश श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष हिसानका संस्थापक उमेश श्रेष्ठ र डा. माधव बराललाई सम्मान तथा अभिनन्दन गरिएको थियो भने संस्थापक स्वर्गीय बाबुराम पोखरेल र स्वर्गीय मनोरमा रानाका परिवारलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो।कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल, हिसान केन्द्रीय अध्यक्ष युवराज शर्मा, हिसानका निवर्तमान अध्यक्ष रमेश कुमार सिलवाल, शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंका प्रमुख सुरेश कुमार जोशी, काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकाललगायत शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।प्रमुख अतिथि उमेश श्रेष्ठले सम्मानित विद्यार्थीलाई बधाई दिँदै अबको शिक्षा केवल जागिर खानेमा सीमित नभई व्यवहारिक , अनुशासन र नेतृत्व क्षमतासँग जोडिनु पर्छ भन्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले गुणस्तरीय शिक्षाका लागि निजी र सामुदायिक विद्यालयबीच परस्पर सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।प्रमुख अतिथि उमेश श्रेष्ठले पर्यटन, कृषि, शिक्षा हरेक क्षेत्रमा सम्भावना नै सम्भावना भएको देश नेपाल हो भन्ने सन्दर्भ पनि उल्लेख गर्नुभएको थियो।हिसान केन्द्रीय अध्यक्ष युवराज शर्माले निजी शिक्षण संस्थाहरूले मुलुकको शैक्षिक विकासमा अर्थपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिलाई अझ प्रभावकारी बनाउन हिसान निरन्तर अगाडि बढेको बताउनुभयो। उहाँले १२ पास गरेका विद्यार्थीहरूलाई संकेत गर्दै हाम्रो बल्ल पढ्नुपर्ने र जुन विषया / क्षेत्रबाटअगाडि बढ्दै गरेको त्यसबाट फर्केर आउन सक्ने सुविधा छैन भन्दै पढाइको निर्णायक अवश्थामा आइपुगेकोतर्फ सचेत गराउनुभएको थियो।यस्तै, महासचिव रामहरी सिलवालले सम्मान कार्यक्रमले उत्कृष्ट विद्यार्थीलाई थप उत्साह प्रदान गर्नुका साथै अन्य विद्यार्थीलाई पनि राम्रो नतिजाका लागि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। बागमती प्रदेश अध्यक्ष राजकुमार आचार्यले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीचको समन्वय नै गुणस्तरीय शिक्षाको आधार भएको उल्लेख गर्नुभयो।कार्यक्रमको सुरुआत हिसान काठमाडौँका वरिष्ठ उपाध्यक्ष ऋषि न्यौपानेको स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यार्थीहरूले लोक संस्कृतिका गौरव बोकेका नृत्यहरू प्रस्तुत गरेर कार्यक्रमको महत्व अझ बढाएका थिए ।

banner

काठमाडौँका हिसान अन्तर्गतका पालिका स्तरका अध्यक्ष / प्रतिनिधि लगायत शिक्षा क्षेत्रका विशिष्ट पाहुनाहरुको उपस्थितिले SLC सम्मान कार्यक्रम उत्सवमय भएको थियो । काठमाडौं हिसान सचिव कृष्ण गौतमले आकर्षक सहजीकरण गरेको कार्यक्रमको अन्त्यतिर उक्त सम्मान सभाका अध्यक्ष गोपीराज पराजुलीले कार्यक्रमलाई सफल बनाउन सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00