Saturday, June 13, 2026

ओप्सको आयोजनामा अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता जेष्ठ ३० गते हिमरश्मि स्कुलमा सम्पन्न गरिँदै

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं ।

निजी विद्यालयहरूको संस्था अर्गनाइजेसन अफ प्राइभेट स्कुल्स (OPS) को आयोजनामा अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिता जेठ ३० गते हिम रश्मि हाई स्कुलको समन्वयमा आयोजना गरिने OPS ले जनाएको छ।

OPS ले सदस्य विद्यालयका विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत टेबलटेनिस प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा सिनियर र जुनियर तहका छात्र तथा छात्रा खेलाडीहरूको सहभागिता रहनेछ। सिनियरतर्फ कक्षा ६ देखि १० सम्मका विद्यार्थी र जुनियरतर्फ कक्षा ५ तथा सोभन्दा तलका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन्। OPS का अनुसार प्रतियोगिताले विद्यार्थीमा खेल भावना, अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता तथा स्वस्थ प्रतिस्पर्धात्मक सोचको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै विद्यालयहरूबीच आपसी सम्बन्ध र सहकार्यलाई पनि मजबुत बनाउने विश्वास लिइएको छ।

banner

ओप्सका इसिए विभाग प्रमुख राजेश रायमाझीद्वारा प्रेस विज्ञप्ति जारी गर्दै उहाँले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। प्रतियोगिताको अनुमानित खर्च ५५ हजार रुपैयाँ रहेको बताइएको छ।
ओप्स अध्यक्ष लोकेन्द्रबहादुर खड्का तथा अतिरिक्त विभाग प्रमुख राजेश रायभाजीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा, OPS ले प्रतियोगिता सफल बनाउन विद्यालय परिवार, अभिभावक, शिक्षक तथा सरोकारवालाहरूको सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

उक्त पत्रकार सम्मेलनमा ओप्स सचिव शिव प्रसाद अर्यालले सहजीकरण गरेको कार्यक्रममा , ओप्स सहसचिव रविन वस्नेत, हिमरश्मि हाई स्कुलका भाइस प्रिन्सिपल नारायण सेढाईं , हिमरश्मि हाईस्कुल इन्चार्ज एमपी अम्गाई , सृजना ज्ञानसागर स्कुलका कोर्डिनेटर उद्धव फुयाल , तेजस्वी स्कुलका खेल प्रशिक्षक रोहित रुम्वा लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00