Saturday, May 30, 2026

साउथवेस्टर्न स्कुलको शत प्रतिशत सफलतासँगै ४ .०० जीपीए उपलब्धिमा निरन्तरता

संयम दैनिक
0 कमेन्टहरु

साउथवेस्टर्न स्कुल शिक्षा क्षेत्रमा परिचित तथा स्थापित नाम जस्तै २०८२ को SEE ब्याचको परिणामले पनि उत्कृष्ट रहेको छ ।

२०८२ सालको एसईई परीक्षामा साउथवेस्टर्न स्कुलबाट १०५ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ९२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् भने यही ९२ भित्र ५ जनाले४ .० जीपीए प्राप्त गरे। बाँकी १३ जनाले ३.२४ देखि ३.६० जीपीएसम्म प्राप्त गरेका छन् । स्कुलले सार्वजनिक गरेको परिणाम अनुसार यस वर्षको शत प्रतिशत नतिजाले साउथवेस्टर्नको शैक्षिक उत्कृष्टताको मार्गलाई बलियो बनाएको छ ।

स्कुलका प्रधानाध्यापक डा. रमेश अधिकारीका अनुसार स्कुलले स्थापना कालदेखि नै एसईई परीक्षामा उत्कृष्ट नतिजा कायम राख्दै आएको छ । प्रधान अध्यापकले संचारकर्मीलाई भनुभयो -“हाम्रो लक्ष्य केवल परीक्षा पास गराउनु मात्र होइन, विद्यार्थीलाई सक्षम, आत्मविश्वासी र व्यवहारिक बनाउनु हो । निरन्तरको मेहनत, अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक र विद्यार्थीको लगनशीलताकै परिणाम आजको सफलता हो ।”

स्कुल हालसम्म एसईई परीक्षामा बी वा बी प्लस ग्रेड आएको रेकर्ड नराखेको दाबी गरेको छ । जीपीए प्रणाली लागू भएको पहिलो वर्षमै उच्च नतिजा ल्याउने स्कुलमध्ये दोस्रो स्थानमा परेको साउथवेस्टर्नले त्यसपछिका प्रत्येक वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या बढाउँदै लगेको, यसले स्कुलको शैक्षिक गुणस्तरलाई अझै वृद्धि विकास हुँदै गरेको अभिभावकहरूको धारणा छ ।

banner

काठमाडौंको उत्तर भेगीय टोखामा अवस्थित साउथवेस्टर्न स्कुल साउथवेस्टर्न ग्रुप लिमिटेड (एसडब्लूजी) अन्तर्गत सञ्चालन हुँदै गरेको छ । आईएसओ मान्यता प्राप्त यो विद्यालय २०६१ सालमा स्थापना भई २०६८ सालदेखि ‘साउथवेस्टर्न एकेडेमी’ नामबाट सञ्चालनमा आएको हो । शिक्षा क्षेत्रमा योगदान दिँदै आएको यो स्कुल बलियो भौतिक पूर्वाधारमा अध्ययन -अध्यापन गराउँदै गरेको सफल / सबल शैक्षिक संस्था बनेर उभिएको छ ।

विद्वान तथा अग्रज शिक्षा सेवीको संलग्नता रहेको यो स्कुलले व्यवहारिक तथा अनुभवमा आधारित ,सृजनशीलता र अत्याधुनिक प्रविधि मैत्रीअध्ययन अध्यापन गराई अगाडि बढिरहेको छ ।

स्कुलले शिक्षा क्षेत्रमा छुट्टै अग्र पहिचान बनाइसकेको अवश्थामा एस .ई. ई . २०८२ व्याचको परिणामले साउथवेस्टर्न स्कुलमा अझ बढी खुसी छाएको छ । स्कुल परिवारले उत्कृष्ट नतिजा हासिल गरेका १० ५ जना विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै , विद्यार्थीको सिकाइ उपलब्धि हासिल गर्न मार्गदर्शन गर्ने दक्ष शिक्षक तथा अभिभावकमा धन्यवाद ज्ञापन गरेको छ ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00