Thursday, April 16, 2026

हिसान तारकेश्वरको दोश्रो वास्केट बल स्पर्धाको संस्करणमा  छात्रतर्फ लालिगुराँस नेशनल एकेडेमी र छात्रातर्फ ल्यान्डमार्क एकेडेमी उपाधि जित्न सफल

संयम दैनिक
0 कमेन्टहरु

हिसान तारकेश्वर बास्केटबल प्रतिस्पर्धामा छात्रतर्फ लालीगुराँस नेसनल एकेडेमी र छात्रातर्फ ल्यान्डमार्क एकेडेमीले उपाधि जित्न सफल भएका छन्।

फागुन १७ गते सम्पन्न हिसान तारकेश्वर दोश्रो संस्करण  वास्केट बल स्पर्धा समापन कार्यक्रममा हिसान तारकेश्वरका अध्यक्ष लिलबहादुर पुनले सभाध्यक्षता गर्नुभएको थियो। त्यसैगरी कार्यक्रममा हिसान केन्द्रीय उपाध्यक्ष डा. स्वागत श्रेष्ठले केन्द्रबाटै गर्नुपर्ने सहयोग तारकेश्वर हिसानलाई सदा रहिरहने कुराको विश्वास व्यक्त गर्नुभएको थियो। उहाँले आफ्नो मन्तव्यको क्रममा ,खेलमा हार जित हुनु स्वाभाविक तर सहभागिता महत्वपूर्ण कुरा हो भन्दै ,उहाँले विद्यार्थीलाई अगाडि बढ्न हौसला दिनुभएको थियो। त्यसैगरी हिसानका अध्यक्ष लिलबहादुर पुनले जहिले पनि खेलाडीले आफूले बेस्ट गर्ने प्रयास गरिरहनुपर्छ भन्दै कुनै पनि जित वा हार स्थायी हुँदैन यी परिवर्तन हुनसक्छन् भन्दै उहाँले  प्रयत्न गर्नु नै निरन्तर सफलतातिर जानु हो भन्ने धारणा व्यक्त गर्नुभएको थियो। हिसान तारकेश्वरका सचिव कमल ज्ञवालीले सहजीकरण गरेको कार्यक्रममा विजेता उपविजेताहरुलाई प्रमुख अतिथि र अतिथिहरुबाट  ट्रफी , मेडल र सर्टिफिकेट प्रदान गरेर पुरस्कृत गरिएको थियो ।

१५ गते पत्रकार सम्मेलन गरी तारकेश्वर हिसानद्वारा आह्वान गरिएको प्रतिस्पर्धामा जम्माजम्मी १० वटा टिमले सहभागिता जनाएको र उक्त १० वटा टिममध्ये ६ वटा छात्रतर्फ र चारवटा छात्रातर्फ स्पर्धा भएको थियो। १६ र १७ गते भएको प्रतिस्पर्धाको परिणामले छात्रतर्फ प्रथम स्थान हासिल प्राप्त गर्न सफल लालीगुराँस नेसनल एकेडेमी भएको छ, भने द्वितीय स्थान एन्जलस हार्ट  मा .वि .ले हात  पारेको छ। त्यसैगरी तृतीय स्थानमा प्रारम्भ वर्ल्ड  स्कुल र हिमरश्मि हाईस्कूल पर्न  सफल भएका छन्।त्यसैगरी छात्रातर्फ ल्यान्डमार्क एकेडेमी प्रथम स्थानमा परेको छ भने द्वितीय स्थानमा हिमरश्मि हाई स्कुलले सफलता हासिल गरेको  छ। तृतीय स्थानमा भने प्रारम्भ वल्ड स्कुल र एन्जलस हार्ट माविले सुरक्षित राखेका छन्  ।

अर्कोतर्फ छात्रातर्फ उत्कृष्ट खेलाडीको रूपमा साजन खत्री र छात्रतर्फ उत्कृष्ट खेलाडीको रुपमा प्रज्वल बस्नेत पर्न सफल भएका छन्।

वास्केट बल प्रतिस्पर्धालाई   सफल पार्नको लागि चर्चित प्रशिक्षकहरू नारायण खवास ,अमृत चित्रकार, मिनबहादुर खड्का र निर्णायकहरुमा सागर श्रेष्ठ ,,दिपेश कार्की, ग्यावा लामा , विशाल राई, विप्लभ चन्द ,पवन राई र अभिषेक राउतको योगदान रहेको , यो कार्यक्रममा लालीगुराँस नेशनल एकेडेमीका  स्कुल संचालक समितिकाअध्यक्ष जोगेन्द्र के .सी लालीगुराँस बोर्ड अफ डाइरेक्टर तथा हिसान सल्लाहकार जुद्ध बहादुर पुन , तारकेश्वर प्याबसनका अध्यक्ष गोपाल बुढाथोकी, त्यसैगरी ओप्स अध्यक्ष लोकेन्द्र बहादुर खड्का, स्कुलकाकोर्डिनेटरहरू, प्रिन्सिपल ,भाइस प्रिन्सिपलहरू र हिसान इसिए प्रमुख राजेश रायमाझी लगायत हिसान पदाधिकारीहरु , खेलप्रेमी जनसमुदाय जनप्रतिनिधि, खेलप्रेमी  विद्यार्थीहरूको उपस्थितिले खेलमा रौनक थपेको थियो। 

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00