Friday, April 17, 2026

हिसान तारकेश्वरको हाजिरजवाफ प्रतियोगिता सम्पन्न : पहिलो ट्रफी लालीगुराँस नेसनल एकेडेमीलाई, दोश्रो हिमरश्मि , तेश्रो स्थानमा एन्जल्स् हार्टस् विजयी

संयम दैनिक
0 कमेन्टहरु

हिसान तारकेश्वरको आयोजना, न्यू एराको संयोजन तथा कौशल इङ्लिस बोर्डिङ स्कुल जरंखुको सभा हलमा ११ र १२ पढ्ने विद्यार्थीका बिचमा तेश्रो संस्करणमा हाजिरजवाफ प्रतियोगिता ( Quiz Contest ) सम्पन्न भएको छ ।

हिसान तारकेश्वरका अध्यक्ष लिल बहादुर पुनको सभाध्यक्षता तथा तारकेश्वर नगरपालिकाका शिक्षा प्रमुख सुदिनराज बुढाथोकीको प्रमुख आतिथ्यतामा उक्त हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगीहरूलाई बधाई दिँदै, प्रमुख अतिथि तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीले आफ्नो मन्तव्यमा तारकेश्वर हिसानले पढाइसँगै हाजिरी जवाफ जस्तो बौद्धिक कार्यक्रम अगाडि बढाएकोमा खुशी व्यक्त गर्नुभएको थियो।उहाँले आफ्नो मन्तव्यमा यस्ता खाले बौद्धिक प्रतियोगिताले विद्यार्थीहरूमा टिम मिलेर सही समयमा सही निर्णय गर्ने क्षमताको विकास गर्छ भन्नुभएको थियो।

हिसान तारकेश्वरका उपाध्यक्ष शिवप्रसाद अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै, उहाँले समयअनुसार विद्यार्थीलाई बौद्धिक प्रतिस्पर्धामा अगाडि बढाउन यस्ता खाले प्रतियोगिता बढी महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभएको थियो।

banner

फागुन १४ गते सम्पन्न उक्त स्पर्धामा , हिसान तारकेश्वरका ९ वटा विद्यालय सदस्य रहेकामध्य६ वटा विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालय लालीगुराँस नेशनल एकेडेमी , द्वितीय स्थानमा हिमरश्मि हाइस्कुल , तृतीय स्थान प्राप्त गर्ने एन्जल्स हार्टस् स्कुल , चौथो स्थान हासिल गर्न सफलता कौशल इङ्लिस बोर्डिङ स्कुल तथा पाँचौं स्थानको लागि सेक्रेड हार्ट स्कुल र छैंटौ स्थान प्राप्त गर्नेमा प्रारम्भ वर्ल्ड स्कुल पर्न सफल भए ।विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि सुदिनराज बुढाथोकी लगायत हिसान तारेकेश्वरका पदाधिकारीहरूद्वारा ट्रफी ,मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

हिसान तारकेश्वरका सचिव कमल प्रसाद ज्ञवालीले सहजीकरण गरेको उक्त कार्यक्रममा तारकेश्वरका अध्यक्ष तथा उक्त कार्यक्रमका सभाध्यक्ष लिलबहादुर पुनले विजयी खेलाडीहरूलाई हौसला प्रदान गर्दैआजका विद्यार्थीहरू उदाहरणीय र आदर्शवान बन्न सक्ने हुनुपर्छ भन्नुभयो । सभाध्यक्ष पुनले उपस्थित विद्यार्थीलाई अभिभावक र समाजप्रति अनुशासित भई सक्षम नागरिक बन्नुपर्छ भन्ने सन्देश दिँदै ,उहाँले वृहत् ज्ञान र असल नागरिक निर्माणको लागि यस्ता बौद्धिक कार्यक्रम पनि हिसान तारकेश्वरले आयोजना गर्दै आएको विचार व्यक्त गर्नुभएको थियो। त्यसैगरी अध्यक्ष लिलबहादुर पुनले उपस्थित प्रतियोगी , हिसान तारेकेश्वरका पदाधिकारीहरू उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

विभिन्न चरणका प्रश्नहरू सोधेर प्रतियोगिता कार्यक्रम सहज / आकर्षक तरिकाले सन्तोष पाण्डे सर र उहाँको टिमले सञ्चालन गर्नुभएको थियो।
विज्ञान प्रविधि भाषा, साहित्य, धर्म, संस्कृति , गीत -संगीत, भूगोल , राजनीति तथा इतिहासको सेरोफेरोमा केन्द्रित प्रश्नहरु प्रतियोगितामा सोधिएका थिए ।

कार्यक्रममा हिसान तारकेश्वरका इसिए प्रमुख राजेश रायमाझी , हिसान तारकेश्वर पदाधिकारी तथा तारकेश्वर प्याब्सनका कोषाध्यक्ष बद्रीनाथ भट्ट, एन्जल्स हार्ट स्कुल व्यवस्थापन समिति उपाध्यक्ष यम बहादुर छन्त्याल , हिमरश्मि हाई स्कुलका भाइस प्रिन्सिपल नारायण सेढाई , कौशल अङ्ग्रेजी स्कुलका पलश टु कोर्डिनेटर अस्मिन बस्नेत लगायत विद्यार्थी , हिसान सदस्य विद्यालयका प्रिन्सिपल -शिक्षक , कर्मचारीको उपस्थिति रहेको थियो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00