आज काठमाडौंमा प्रथम कौशल अन्तरविद्यालय काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता आयोजना हुँदैछ। कौशल स्कुल/कलेजको आयोजनामा हुने प्रतियोगितामा काठमाडौं जिल्लाका २१ विद्यालयका करिब ४ सय खेलाडीले सहभागिता जनाउनेछन्।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल शिवप्रसाद अर्यालले प्रतियोगितामा ग्योरोगी र पुम्से विधाअन्तर्गत अफिसियल तथा नन्-अफिसियल गरी कुल ४८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिए।अफिसियलतर्फ पुरुष र महिलामा समान ९–९ गरी १८ स्पर्धा हुनेछन् भने नन्-अफिसियलतर्फ पुरुष र महिलामा १५–१५ गरी ३० स्पर्धा समावेश गरिएको छ।आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरका खेलाडीको प्रतिभा उजागर गर्दै तेक्वान्दो खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आज काठमाडौंमा प्रथम कौशल अन्तरविद्यालय काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता आयोजना हुँदै
60