तारकेश्वरमा स्थापित विद्यालय गोलढुङ्गा अर्किड एकेडेमीले प्रि स्कुल ग्राजुएसन तथा प्यारेन्टिङ कार्यक्रम आफ्नै स्कुल परिसरमा सम्पन्न गरेको छ ।

विद्यालय सञ्चालक समितिकी अध्यक्ष तथा उक्त कार्यक्रमकी सभाध्यक्ष नम्रता शर्मा रहनुभएको कार्यक्रममा स्वागत मन्तव्य उक्त स्कूलका शिक्षक शरण महतले दिनुभएको थियो। उहाँले आफ्नो मन्तव्यमा पाइलट , इन्जिनियर र डाक्टरहरूको निर्माण विद्यालयले गरिसकेको र कैयौँ यस्ता भविष्यमा महत्वपूर्ण र बौद्धिक व्यक्तित्वहरू लगातार उत्पादन गर्न सक्ने धारणा व्यक्त गर्नुभएको थियो।

अभिभावकहरूलाई बालबालिकाको संरक्षण र उचित मार्गदर्शन कसरी गर्न सकिन्छ भन्ने विषयमा अभिमुखीकरण गर्दै ट्रेनर राधिका अधिकारीले आफ्नो प्रशिक्षणमा बालबालिकाको क्षमताको पहिचान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। उहाँले कुनै पनि अभिभावकले आफ्ना बालबालिकासँग समय बिताउनुपर्ने आवश्यकता रहन्छ भन्नुभयो । उहाँले शिक्षक र प्यारेन्ट्सको बीचमा एक प्रकारको समन्वयको आवश्यकता रहन्छ भन्ने कुरा प्रशिक्षक राधिका अधिकारीले अभिभावकहरूको माझमा प्रष्ट पार्नुभएको थियो।

त्यसैगरी स्कुलका संस्थापक प्रिन्सिपल झनकराज शर्माले अभिभावकले बालबालिकालाई मास्टर्स डिग्रीसम्म पढाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो। प्रिन्सिपल शर्माले पढाइको लागि निरन्तरताको खाँचो पर्छ भन्ने सन्दर्भ पनि औल्याउनु भएको थियो। उहाँले अभिभावक वर्गसँग विद्यालयमा हुने कमी कमजोरीको सल्लाह सुझावको लागि अभिभावक वर्गलाईअनुरोध समेत गर्नुभएको थियो। उहाँले किसानको बारेमा एक साहित्यिक कविता वाचन गरेर किसानको महत्व दर्शाउनु भएको थियो।

कार्यक्रमको मुख्य आकर्षण प्रि स्कुलका विद्यार्थी भाइबहिनीहरू दीक्षान्त समारोहमा सहभागी भएका थिए। बालबालिकालाई कार्यक्रमकी सभाध्यक्ष नम्रता शर्मा र स्कुलका प्रिन्सिपल झनकराज शर्माले उनीहरुलाई दीक्षित भएको सर्टिफिकेट प्रदान गरेर हौसला प्रदान गर्नुभएको थियो। त्यसैगरी किसान सुधन गौतमलाई पनि स्कुलका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रिन्सिपल झनकराज शर्माले यही समारोहमा दोसल्ला ओडाएर तथा सम्मानपत्र प्रदान गरेर किसानको उच्च सम्मान गर्नुभएको थियो।

कार्यक्रममा अतिरिक्त विभाग प्रमुख सुशील फुयालले आफ्नो मन्तव्य राख्दै , उहाँले भावी योजनाको बारेमा अतिरिक्त क्रियाकलापलाई स्कूलभित्र अझैँ योजनावद्धरुपमा तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग जोडेर पनि अगाडि बढ्ने स्कुलको सोच रहेको धारणा व्यक्त गर्नुभएको थियो।

प्रतिभाशाली विद्यार्थी माधवजंग बस्नेत र अंशु भण्डारीले सहजीकरण गरेको उक्त कार्यक्रममा स्कुलकै संगीत शिक्षक कृष्ण भट्टले मिठो गीत गाउनुभएको थियो। त्यसैगरी विद्यार्थीहरूले आफ्नो प्रतिभाहरु नृत्य , गीत संगीतवाट अभिभावक वर्गलाई मनोरञ्जन दिलाएका थिए।
वरिष्ठ लोकगायक नवराज घोरासिनी र चर्चित गायिका मनिषा घोरासिनीले स्टेजमा गीत गाउँदा स्कुलका प्रिन्सिपल लगायत शिक्षक – शिक्षिका विद्यार्थी -भाइबहिनीहरुले नाचेर साथ दिनुभएको थियो ।

विद्यालय सञ्चालक समिति अध्यक्ष तथा उक्त कार्यक्रमकी सभाध्यक्ष नम्रता शर्माले सभा विसर्जन गर्दै उपस्थित सबैलाई धन्यवाद दिँदै , उहाँले अभिभावक र सबै विद्यालयका शुभचिन्तकहरुलाई आउँदै गरेको नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भएको थियो ।
गोलढुङ्गा अर्किड एकेडेमी प्रि-स्कुलको ग्राजुएसन तथा प्यारेन्टिङ कार्यक्रम आफ्नै परिसरमा
210
previous post