काठमाडौं
“दिगो विकासको आधार आफ्नो टोल आफैँ सरसफाइ गर्ने बानी व्यवहार ” भन्ने मूल नाराका साथ जेनिएल मोडर्न एकेडेमीको आयोजनामा सञ्चालित नियमित टोल सरसफाइ कार्यक्रम थालनी भएको छ। यो आफ्नो वरपरको वातावरण स्वच्छ बनाउने सामाजिक सुकर्मको अभियान , कार्यक्रमका सभाध्यक्ष तारकेश्वर नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष शम्भुप्रसाद फुयाल रहनुभएको थियो ।

यो सरसफाइ अभियान थालनी गर्न र निरन्तर अगाडि बढाउन वडा अध्यक्ष शम्भुप्रसाद फुयालको सक्रिय सहभागिताले कार्यक्रम सम्पन्न गर्न सहज भएको हो। जसमा तारकेश्वर वडा नम्बर ५ र भैरव पार्टी टोल सुधार समितिको समेत सहकार्य रहेको जनाइएको छ ।

उक्त कार्यक्रममा वडाका तर्फबाट फोहर संकलन गर्ने प्लास्टिक झोला ,ग्लोब्स र मार्क्स उपलब्ध गराइएको थियो भने अर्कोतिर जेनिएल मोर्डन एकेडेमीको तर्फबाट तीनवटा डस्टबिन विभिन्न सार्वजनिक स्थानमा राखिएको थियो !

गत शनिवार सम्पन्न कार्यक्रमको औचित्य र आवश्यकतामाथि प्रकाश पार्नेहरुमा वडा अध्यक्ष सम्भुप्रसाद फुयाल ,जेनिएल मोर्डन एकेडेमीका अध्यक्ष महेश पौडेल तथा सीइओ विराज कुमार राईले कार्यक्रम बारे प्रकाश पार्दै , उहाँहरुले आफ्नाे टोलमा आफैले सरसफाई गर्न सके मानव जीवन स्वस्थ रहने र दीर्घ जीवन बाँच्न सकिने अवधारणा राख्नुभयो । यसका साथै जेनिएल मोडर्न एकेडेमीले स्काउटको सामाजिक सेवा विभाग अन्तर्गत नियमित रुपमा प्रत्येक आइतबार समाजका जेष्ठ नागरिकहरूलाई चौतारामा चिया बिस्कुट वितरण गर्ने जस्ता कार्यक्रमहरू पनि एक महिना पहिलेदेखि गर्दै आएको जानकारी गराएको थियो। यसकासाथै आगामी दिनमा टोल -समाजसँग जोडिएर विभिन्न सामाजिक कार्य गर्ने योजना रहेको जेनियल मोर्डन एकेडेमीका अध्यक्ष महेश पौडेलले जानकारी दिनुभयो । महिनामा एकदिन संचालन हुने यो सरसफाइको अभियानले जेनियल मोर्डन एकेडेमी परिसर वरपरका मठमन्दिर , बाटोघाटो र सार्वजनिक स्थलहरू सफा रहने जनमानसमा अपेक्षा गरिएको छ । यो अभियानमा स्थानीय जनसमुदाय , सामाजिक अभियन्ता , विद्यार्थी र सबै सरोकारवालाको सहभागिता देखिएको थियो ।

