Thursday, April 16, 2026

ओप्सको टेलिभिजन समाचार वाचन प्रतियोगितामा हिमरश्मि हाईस्कूल  प्रथम स्थानमा

संयम दैनिक
0 कमेन्टहरु

ओप्सको आयोजना तथा ज्ञानमन्दिर माध्यमिक विद्यालयको संयोजनमा टेलिभिजन समाचार वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

ज्ञानमन्दिर मा वि . वालाजू हाइटमा  सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्ष  ओप्स सह – सचिव तथा  ज्ञानमन्दिर मा . वि . का प्राचार्य रविन बस्नेत  रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ टेलिभिजन कर्मी निराजन भण्डारी रहनुभएको थियो ।

पुष  १३ गते सम्पन्न उक्त कार्यक्रममा ओप्सका ३० विद्यालय मध्यबाट  १७ विद्यालयका ३४ विद्यार्थी भाइबहिनीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।

ज्ञानमन्दिर विद्यालयका प्रिन्सिपल तथा ओप्स  सह-सचिव रविन बस्नेतले उपस्थित पाहुनाहरूलाई स्वागत मन्तव्य दिँदै ,टेलिभिजन समाचार वाचन प्रतियोगिता  कार्यक्रमले विद्यार्थीमा आफ्नो वाचन  क्षमताको कलापहिचान गर्ने एउटा अवसर दिएको उल्लेख गर्दै  ,उहाँले सबै विद्यार्थी भाइबहिनीहरूलाई विजयको शुभकामना दिनुभयो ।

प्रतियोगितामा दिइएको समाचारको  विषयवस्तुलाई टेलिभिजन स्क्रिनमा समाचार वाचन गर्दा  हाउभाउ , स्वर, शुद्ध  उच्चारण र आत्मविश्वासका साथ वाचन गर्नुपर्ने सीमाभित्र प्रतियोगीको मूल्याडकन रहने कुरा निर्णयक मण्डलका नयन सापकोटाले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि निराजन भण्डारीलेआफ्नो मन्तव्यको क्रममा विद्यार्थीहरू  जहिले पनि परिस्कृत हुँदै जानु आजको आवश्यकता हो भन्नुभयो।उहाँले नयाँ पुस्तामा यस्ता खाले कार्यक्रमले समाचार वाचनप्रतिको मोह अझै धेरै बाँकी छ भन्ने कुरा प्रष्ट पार्नुभयो ।

टेलिभिजन कर्मीहरु   , प्रतियोगिताको मूल्याङ्कन मण्डलका द्वय नयन सापकोटा र एलिजा लामिछानेले आफ्नो धारणा राख्दै विद्यार्थीमा टेलिभिजन समाचार वाचनमा प्रशस्त संभावना रहेको  धारणा राख्नुभयो ।

banner

सहभागी   १७ विद्यालयमा प्रथम स्थान हिमरश्मि हाईस्कूलले  हात पाऱ्यो भने दोश्रो  स्थानमा विभूति विद्यामन्दिर पर्न सफल भयो। त्यसैगरी एन्जल हार्टले तेश्रो स्थानमा दर्ता गर्यो र चौथो पुरस्कारमा लालीगुराँस नेसन एकेडेमी र तेजस्वी एकेडेमी पर्न सफल भए ।

ज्ञान मन्दिर विद्यालयका शिक्षक फणिन्द्र भट्टराईले  आकर्षक रूपमा सहजीकरण गरेको उक्त कार्यक्रममा सृजना ज्ञानसागरका  प्रिन्सिपल राजेन्द्र प्रसाद फुयाल र सेक्रेट हार्टका बद्रिनाथ भट्ट अतिथिहरु  लगायत विभिन्न स्कूलका प्रिन्सिपल , शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00