काठमाडौं ।
तारकेश्वर नगरपालिकाको पुरानो गुहेश्वरीमा अवस्थित सिर्जना ज्ञानसागर माध्यमिक विद्यालयले श्रीमद्भागवतगीता वाचन तथा प्रतियोगिता र ई .सी ए ,सि .सि .ए .मा विजयी हुन सफल विद्यार्थीलाई सम्मान तथा हौसला स्वरूप पुरस्कार वितरण गरेको छ।
पुस १२ गते सम्पन्न यो कार्यक्रमका सभाध्यक्ष स्कुलकै प्राचार्य राजेन्द्रप्रसाद फुयाल रहेको उक्त कार्यक्रममा श्री चुडामणि महाराज तारकेश्वर शान्तिधाम नेपालका मठाधीश प्रमुख अतिथिको रुपमा रहनुभएको थियो। । प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा गीतावाचन प्रतियोगिता अन्तर्गत विद्यालयका ६ – ९ कक्षाका २४ जना विद्यार्थी र कक्षा ५ बाट १० जना विद्यार्थीको सहभागिता थियो । समग्रमा स्कुलका करिब ४०० जना विद्यार्थीहरूले आन्तरिक तथा बाह्य इसिए ,सिसिएका प्रतियोगितामा विजयी भएबापत पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए।
स्कुल शिक्षिका सावित्रा देवी शर्माले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा विद्यार्थी ग्रिष्मा ढुङ्गाना र सुप्रिया बोगटीले समेत स्वागत मन्तव्य अतिथिहरूलाई दिनुभयो। त्यसैगरी कक्षा ९ का विद्यार्थीले सामूहिक नृत्यबाट स्वागत नृत्य प्रदान गर्नु भएको थियो।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै , श्रीमद्भागवतगीताका शिक्षक विदुर फुयालले श्रीमद्भागवतगीताले विद्यार्थीहरुलाई कठिन परिस्थितिमा कसरी जिउन सकिन्छ, कर्म गरेपछि सफल हुनु या नहुनु भन्दा पनि कर्मयोगी बन्नु नै मानव जीवनको मूल्य हो भन्ने धारणा व्यक्त गर्नुभएको थियो। त्यसैगरी प्रतियोगिताका मूल्यांकन कर्ता कोमल नेपालले गीता वाचन प्रतियोगी विद्यार्थीहरूलाई केही वाचन प्रतियोगिताका सीमा र सन्दर्भ उल्लेख गरेपछि विद्यार्थीहरूले आ – आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्नुभयो।
प्रमुख अतिथि श्री चुडामणि महाराज शान्तिधाम नेपालका मठाधीशले आफ्नो मन्तव्यमा आजको शिक्षाले शिक्षित बनाउँछ तर विद्वान बनाउँदैन भन्नुभयो। त्यसैगरी उहाँले पहिले मनुष्य बन्नु सबभन्दा ठूलो आवश्यकता हो भन्ने कुरा गीता ज्ञानले सिकाउँछ भन्नुभयो। उहाँले आफ्नो मन्तव्यमा ईश्वर बोलेको ग्रन्थ गीता हो भन्दै आत्मज्ञानको छोटो मिठो स्वरूप गीता ज्ञान हो भन्नुभयो । स्कुलका प्राचार्य राजेन्द्रप्रसाद फुयालले आफू श्रीमद्भागवत गीताको प्रेरणाबाट गाइडेड भएको धारणा व्यक्त गर्नुभयो। उहाँले सिर्जना ज्ञानसागर विद्यालयले संस्कार र अध्यात्मलाई पनि शिक्षासँगसँगै विद्यार्थी भाइबहिनीहरूको माझमा अघि बढाउने धारणा प्रष्ट पार्नुभयो।

श्रीमद्भागवत गीतावाचन प्रतियोगितामा तल्लो कक्षाबाट प्रथम हुने सुप्रिम अधिकारी ,दोस्रो स्थान प्राप्त गर्ने शिवान्सी पाण्डे , तेस्रो स्थान सुरक्षित गर्ने रोशना कोइराला भए , त्यसैगरी कक्षा ६ देखि ९ बाट प्रतियोगितामा भाग लिने प्रतियोगीहरूमा प्रथम स्थान स्वीकृत पोखरेल लिए भने द्वितीय स्थानमा सन्दिपा धरेल पर्न सफल भइन् , तृतीय स्थानमा कुशल पौडेल रहँदा ,सान्त्वना पुरस्कार प्राप्त गर्नेमा सचिन गौतम र सुजल बोगटी रहे ।
यो उत्सवमय कार्यक्रममा स्कूलबाहिर विभिन्न प्रतियोगिता जितेर स्कूल परिवारको गरिमा बढाएका छात्र छात्राहरू पनि सम्मानित र पुरस्कृत गरिए। ती प्रतिभाशाली छात्रछात्राहरूमा, सातौं स्वयम्भु रनमा यरुसा अमागाई प्रथम र खुसी गुरुङ तृतीय भएका थिए । प्रथम बुद्धिचाल प्रतियोगितामा कुशल पौडेल प्रथम जेविन प्रताप थापा तृतीय भएका थिए। त्यसैगरी बाल साहित्य महोत्सवमा सुप्रिया बोगटी प्रथम भएकी थिइन्। ओप्स ब्याडमिन्टन प्रतिस्पर्धामा कुशल श्रेष्ठ र आप्सा तामाङ मिक्स अन्तर्गत प्रथम , त्यसैगरी सोनाम घले सिनियर सिङ्गल छात्रमा प्रथम भएका थिए भने सोनवी टण्डन जुनियर छात्रामा प्रथम हुँदा , प्रसिव श्रेष्ठले जुनियर छात्रमा तृतीय स्थान प्राप्त गरेका थिए , ओप्सव्याडमिन्टन प्रतिस्पर्धामा खुसी तामाङ जुनियर छात्रतर्फ तृतीय स्थान हासिल गर्न सफल भएका थिए । ओप्सको बाल गीत प्रतियोगितामा पनि सिर्जना ज्ञान सागरले दोस्रो स्थान प्राप्त गर्ने दर्जनौं बालबालिकाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गऱ्यो। 
पार्लियामेन्टरी डिबेट प्रतियोगितामा यो स्कूलका विद्यार्थीले दोस्रो स्थान प्राप्त गरेका थिए। तेस्रो तारकेश्वर नगरपालिका मेयर रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फबाट लङजम्पमा, १५०० मिटर रेसमा ,१०० मिटर रेसमा, ट्रिपल जम्पमा, ३ हजार मिटर रेसमा, क्रमश : रविन तामाङ प्रथम,आरुषा अमागाई दोस्रो, गजेन्द्र अधिकारी तेस्रो ,रबिन तामाङ तेस्रो र लोकेश बोहरा तेस्रो स्थानमा विजयी भएका थिए। यी विद्यार्थी खेलाडीहरुलाई स्कुलको तर्फबाट नगद पुरस्कार सहित सम्मान गरिएको थियो। सोही कार्यक्रममा मेयर कप टिटी प्रतियोगितामा सोनाम घले पहिलो , मिक्स डबलमा कुशल श्रेष्ठ र आपसा तामाङ दोस्रो, भएका थिए। ब्याडमिन्टनमा राजश्री भट्ट तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। त्यसैगरी नन अफिसियल त्यकोन्दो प्रतियोगिता पुम्सेमा अफिरा श्रेष्ठ पहिलो ,विवेक जिरेल दोस्रो र सक्षम बलामीले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। यी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई स्कुलका तर्फबाट पनि हौसला स्वरूप सम्मान तथा पुरस्कार वितरणगरिएको थियो ।

उद्धव फुयालले कलात्मकरूपले सहजीकरण गरेको उक्त कार्यक्रममा प्रतिभाशाली विद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत देखाएका थिए । आइ . एस. ओ . मान्यता प्राप्त यो विद्यालयमा अतिथिका रूपमा तारकेश्वर प्याब्सन अध्यक्ष गोपाल बुढाथोकी ,नरेन्द्र दास श्रेष्ठ, सेक्रेट हार्टका प्रिन्सिपल बद्रिनाथ भट्ट , हिसान अध्यक्ष लिल बहादुर पुन लगायत अभिभावक, विद्यार्थी र शिक्षा प्रेमी व्यक्तित्वहरुको वाक्लो उपस्थिति रहेको थियो ।
