Tuesday, November 3, 2026

प्याब्सनद्वारा बाढीपीडितका लागि १२ करोड सहयोग

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं, २६ भदौ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीपीडितको लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ।शुक्रबार सिंहदरबारमा नेपालका अर्थमन्त्री स्वर्णीम वाग्लेमार्फत उक्त रकम हस्तान्तरण गरिएको हो।

प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीसहित पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो।प्याब्सनका अनुसार कुल सहयोगमध्ये प्याब्सन काठमाडौंले मात्रै ४ करोड रुपैयाँ योगदान गरेको जनाइएको छ। बाढीबाट विद्यार्थी, अभिभावक तथा विद्यालयसमेत प्रभावित भएकाले राहतसँगै शिक्षा क्षेत्रमा परेको क्षति न्यूनीकरण र प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरताका लागि सहयोग गरिएको प्याब्सनले प्रष्ट पारेको छ ।उक्त सहयोग हस्तान्तरण कार्यक्रममा प्याब्सन केन्द्रीय अध्यक्ष कृष्ण अधिकारी, प्रमुख सल्लाहकार डीके ढुंगाना, सहअध्यक्ष गोपाल आचार्य, महासचिव आरबी कटुवाल, बागमती प्रदेश अध्यक्ष मुरारीप्रसाद संजेल, काठमाडौं जिल्ला अध्यक्ष नवराज भट्ट लगायत प्याब्सनका पदाधिकारी तथा विभिन्न प्रतिनिधिहरूको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो।सामाजिक सेवा तथा विपदको घडीमा प्याब्सन अग्रसर हुँदै सहकार्य र सेवामा सहभागी हुन्छ भन्ने उत्कृष्ट दृष्टान्त यो सहयोगले प्रष्ट पारेको छ।भोटेकोशी बाढीपीडितको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको सिङ्‌गो प्याब्सन परिवारले बाढी पहिरोमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जलीका साथै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00