सेक्रेड हार्ट सेकेन्डरी स्कुलको आयोजनामा सम्पन्न फुटबल प्रतियोगितामा प्रथम पुरस्कार न्यू एरा एकेडेमीले सबैलाई उछिन्दै हात पार्न सफल भएको छ , द्वितीय पुरस्कार ज्ञानोदय स्कुलले प्राप्त गरेको छ। त्यसैगरी तृतीय पुरस्कार स्प्रिङ भ्याली एकेडेमीले प्राप्त गरेको छ।
जेष्ठ ३० गते सेक्रेड हार्ट स्कुलको फुट्सल मैदानमा सम्पन्न उक्त कार्यक्रममा सेक्रेड हार्ट स्कुल कप प्रतियोगिता विद्यार्थीसँगै शिक्षा र खेलकुदलाई सँगसँगै लाने उद्देश्यका साथ कार्यक्रम सम्पन्न भएको स्कुलका प्रिन्सिपल बद्रीनाथ भट्टले प्रष्ट पार्नुभएको थियो। विजयी स्कुल तथा खेलाडीहरू ट्रफी , मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिए। तारकेश्वर नगरपालिकामा अवस्थित सेक्रेड हार्ट स्कुलले शिक्षा र खेलकुद सँगसँगै अगाडि बढाउने मान्यतालाई आत्मसात गरेको छ ।
