Thursday, April 16, 2026

वैशाख ७ गते राप्रपाको  आन्दोलन विजुली बजारमा केन्द्रित – बुद्धिमान तामाङ 

संयम दैनिक
0 कमेन्टहरु
७ वैशाख  २०८२ , काठमाडौँ

राज संस्था पुनस्थापनाको लागि तथा  लोकतान्त्रिक मर्यादा स्थापित गर्नको लागि राप्रपाको आन्दोलन बिजुली बजारमा केन्द्रित हुने राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले जनाउनुभएको छ । नेपाल सरकारद्वारा निषेधित गरिएको क्षेत्र तोड्ने चेतावनी समेत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देलले दिइसकेको सन्दर्भमा नेपाल सरकारद्वारा सुरक्षा व्यवस्था कडा गरिएको जनाइएको छ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देलले लोकतन्त्र ,गणतन्त्रको नाममा जनताको आधारभूत बोल्न पाउने अधिकार , सभा सम्मेलन गर्न पाउने अधिकार समेत कुण्ठित गरेको अध्यक्ष लिङ्देलले आरोप लगाउनुभएको छ।

आन्दोलनबाटै  लिङ्देल लगायत ७ जना नेता पक्राउ

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल लगायत केही शीर्ष नेताहरूलाई प्रहरीले भ्यानमा कोचेर लगेको छ।चार घण्टापछि राजेन्द्र लिङ्देल राप्रपा अध्यक्षलाई रिहाई गरेको जनाइएको छ । समग्रमा  आजको आन्दोलन शान्तिपूर्ण रहेको छ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देलले रिहाइपछि आफ्ना सम्पूर्ण नेता कार्यकर्तालाई रिहाइ नगरेसम्म आन्दोलन जारी राख्ने  पत्रकार समक्ष प्रष्ट पार्नुभएको छ। निषेधित क्षेत्र तोडेपछि अध्यक्ष लिङ्देल लगायत शीर्ष नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले सिंहदरवारको गेटबाटै  हिरासतमा लगेको थियो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00