Monday, October 26, 2026

ग्रिनल्यान्ड बास्केटबलमा फाइनल समीकरण पूरा

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं ।

धापासीस्थित ग्रिनल्यान्डको कोर्टमा जारी २०औँ ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार सिनियरतर्फका फाइनल समीकरण पूरा भएको छ।

सिनियर गल्र्समा भ्याली पब्लिक र फेरिल्यान्ड तथा सिनियर ब्वाइजमा न्युटन र मार्वलसले उपाधिका लागि स्थान सुरक्षित गरेका छन्।सिनियर गल्र्सको सेमिफाइनलमा भ्याली पब्लिकले न्युटनलाई ३५–२१ अंकले हराउँदै फाइनल यात्रा तय गर्‍यो।

भ्याली पब्लिककी दृष्य गुरुङले टोलीको जितमा महत्वपूर्ण योगदान दिँदै १६ अंक जोडिन्। अर्को सेमिफाइनलमा फेरिल्यान्डले तेजस्वी एकेडेमीलाई ३४–२० ले पराजित गर्दा खुशबु मगरले १० अंक स्कोर गरिन्।सिनियर ब्वाइजमा न्युटनले भ्याली पब्लिकमाथि ८०–७१ को जित निकाल्दै उपाधि भिडन्त पक्का गर्‍यो। न्युटनका युनिक कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै ३५ अंक जोडे। अर्को खेलमा मार्वलसले पारामाउन्ट एकेडेमीलाई ६३–३० को फराकिलो अन्तरले पन्छायो। मार्वलसका सिनेप शाहीले १६ अंकको योगदान दिए।यसैगरी जुनियर ब्वाइजतर्फ पनि उपाधि भिडन्त तय भएको छ।

banner

सेमिफाइनलमा एन्जल्स हार्टले सेबलाई २१–२० को झिनो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गर्‍यो। एन्जल्स हार्टका सौरव श्रेष्ठले ११ अंक बनाए। अर्को खेलमा जेबी स्कुलले लालीगुराँस नेसनल एकेडेमीलाई २२–१३ ले हराउँदै फाइनलमा स्थान बनायो। जेबीका रुपेश तामाङले १२ अंक जोडे।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00