शिक्षामा सुधार हुनुपर्छ भन्ने माग राख्दै खुट्टाले उभिएर आन्दोलनमा होमिएका नेत्र चापागाई शिक्षा सुधारक व्यक्तित्वले आफ्नो आन्दोलन हिजो स्थगित गरेका छन्।
उनले नेपाली शिक्षा क्षेत्रमा देखिएका विसंगति र विकृतिलाई हटाउन माइतिघरमा आन्दोलन ८ दिनदेखि गरिरहेका थिए । उनले सातै प्रदेशमा दुई दुई घण्टाको यो आदोलन गर्ने शिलशिलामा काठमाडौ आएका हुन् । आन्दोलन गरिरहेका चापागाईको खुट्टा सुनिएपछि उनी वैशाखी टेकेर पनि आन्दोलन गरिरहेका थिए। शिक्षामन्त्रीले उनको माग पूरा हुने कुरामा शङ्का नगर्न र यो प्रक्रिया अगाडि बढिसकेकोआश्वासन दिएपछि उनले आफ्नो आन्दोलन स्थगित गरेका छन्।
शिक्षामन्त्रीले संस्थागत विद्यालयले दिनुपर्ने छात्रवृत्ति अनिवार्य गराइएको , शिक्षकहरूलाई बिरामी पर्दाको सुविधाको छुटको लागि स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको , त्यसैगरी विपद्वाट क्षति भएका विद्यालयहरूलाई पुननिर्माण छिटै गरिने जस्ता सुधारका लागि शंका नगर्न आग्रह गरी शिक्षामन्त्रीले यसको लागि सबै सरोकारवाला निकायले सहयोग गर्ने अपेक्षा समेत गरेको जनाइएको छ ।