Thursday, April 16, 2026

देशभर आज एस .ई .ई . को  परीक्षा सुरु

संयम दैनिक
0 कमेन्टहरु


देशभरिका ५ लाख १४ हजार ७१ विद्यार्थीहरू आज चैत्र ७ गतेदेखि माध्यमिक शिक्षाको परीक्षामा सहभागी भएका छन्। नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै परीक्षार्थीहरूलाई  सफलताको शुभकामना सन्देश दिएका छन् ।
देशभरका २०८० केन्द्रमा बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा  सञ्चालन भइरहेको छ।


यसैगरी जापानमा र नेपालको केन्द्रीय कारागार तथा दैलेख कारागारबाट पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ ।  जापानको समय नेपालको समयसँग फरक पर्ने भएकाले विद्यार्थीलाई छुट्टै प्रश्नपत्र बनाएर पठाइएको छ। अर्को तिर ९० दिन भित्र रिजल्ट निकाल्ने पहिलोपटक परीक्षा बोर्डले  गरेको निर्णयले असार ७ गते परीक्षाफल प्रकाशित गरिने जानकारी गराइएको छ  ।  

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00