निजी विद्यालयले आफैले कपी छापी आफ्नै स्कुलबाट कपी किन्नुपर्ने बाध्यता सिर्जना नगर्न  आह्वान  : तारकेश्वर मेयर कृष्ण हरि महर्जन

संयम दैनिक
0 कमेन्टहरु

दोस्रो शनिबार चैत ९ गते तारकेश्वर नगरपालिकाको चिया चर्चा कार्यक्रममा ३४ जना नगरवासीहरुले आफ्ना गुनासाहरु तथा सुझावहरू मेयरसँग आदानप्रदान गरेका छन् ।  नगरपालिकाका विपत् व्यवस्थापन प्रमुख लगायत  अन्य नगरपालिका कर्मचारीहरूको उपस्थितिमा  बिहानको समयमा शिक्षा, स्वास्थ्य ,बाटोघाटो, पानी आदि विषयमा छलफल भएको थियो। उक्त कार्यक्रममा निजी विद्यालयले कपी , किताब र स्टेशनरी आफैले बेच्ने र अभिभावकहरुलाई बाध्यतावश आफ्नो स्कुलको अगाडि पसल राखेर छुट दिन मिल्दैन भन्दै व्यापार गरिरहेको सन्दर्भलाई पनि मेयरले सर्कुलर जारी गरी यो काम गर्न गराउन नहुने र यसो गरेमा कानुनी कारबाही हुन सक्ने सूचना जारी गर्ने आश्वासन दिनुभएको थियो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00