Thursday, April 16, 2026

तारकेश्वर नगरपालिकाको १६ औँ  हिउँदे नगरसभा २०८१ सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

काठमाडाैं ।  तारकेश्वर नगरपालिकाले  पहिलाे पटक नगरवासीलाई कोखदेखि शोकसम्म साहारा दिने जनप्रिय बजेट ल्याएको छ ।

चैत्र १० गते सम्पन्न , २०८१ को १६ औं हिउँदे नगरसभाबाट यस प्रकारको बजेट ल्याइएको  हो। नगर प्रमुख कृष्ण हरि महर्जनले २०८२ को  बैशाख महिनाबाट लागु हुने गरी बिभिन्न शिषर्कमा  वजेट विनियोजन गर्दैै नगरबासीलाई  सम्मान तथा राहत  दिने खालको बजेट विनियोजन   कार्यक्रम ल्याएका छन् ।

कोखदेखि शोकसम्मको कार्यक्रममा  स्थाई बसोबास भएका नगरवासीको परिवारमा जन्म लिए रु  ५००० ( पाँचहजार )  ,  ८o बर्ष  पुगेका जेष्ठ नागरिकलाई  २००० (  दुई हजार ) त्यसैगरी कुनै पनि व्यक्तिको मृत्यु भएमा रु १० हजार प्रदान गर्ने निर्णय गरिएको , उक्त तीनवटै  सुविधा पाउनको लागि तारकेश्वर नगरपालिकाको स्थायी नगरवासी हुन जरुरी सीमा  रहेको पनि जनाइएको छ । यो कोखदेखि शोकसम्मको कार्यक्रम २०८२ वैशाखदेखि लागू हुने  नगरसभाद्वारा जनाइएको छ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00