कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको छ । आउँदो साउन २४ मा कुलमान घिसिङको चार वर्ष पुग्दै थियो। ऊर्जामन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङ बीच विगत १० महिनादेखि वाद विवाद भइरहेको यो अवधिमा पटकपटक उनलाई स्पष्टीकरण सोधिएको थियो । उनले यो सरकारको निर्णय विरुद्ध अदालत जाने सञ्चार माध्यममा जनाइसकेका छन्। मन्त्रिपरिषद्को सोमवार साँझ बसेको मिटिङबाट उनलाई हटाउने निर्णय गरिएको हो। कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन ।
विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइयो उनको ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्त
190
previous post