हिसान सेन्ट्रलले आयोजना गरेको र आइ .एस .ए नेपाल बास्केटबल एकेडेमीले संयोजन गरेको ११-१२ पढाइ हुने १६ वटा विद्यालयका वास्केटवल खेल प्रेमी विद्यार्थाका विच स्पर्धा भइरहेको छ ।
उक्त प्रतियोगितामा जेभियर र हेराल्ड इन्टनरनेसनल कलेजले हिसान सेन्ट्रल अन्तर कलेज बास्केटबल प्रतियोगिता २०२५ को सुरु दिनमै डबल जितबाट अगाडि बढेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल त्रिपुरेश्वरमा सोमबार सम्पन्न समूह ‘ए’ को खेलमा जेभियरले दोहोरो जित हात पारेको छ । जेभियरले सुरु खेलमा ऋत एकेडेमीलाई ५८–३५ को स्कोरमा हरायो ।
त्यसैगरी दोस्रो खेलमा जेभियरले काठमाडौं वर्ल्ड स्कुललाई ५४–१३ स्कोरले पछाडि पारेको थियो । यो स्पर्धामा असीम थापाले सर्वाधिक १५ अंक जोडे। त्यसैगरी समूह ‘सी’ मा हेराल्डले पहिलो चरणको स्पर्धमा काठमाडौं भ्याली कलेजलाई ५३–२८ तथा दोस्रो चरणको प्रतियोगितामा जया मल्टिपल कलेजलाई ४२–१५ को स्कोरमा पराजित गर्न सफल भयो।
त्यसैगरी हिसान सेन्ट्रलको अर्को स्पर्धामा टाइम्स इन्टरनेसनल कलेजले ऋत एकेडेमीलाई ४३–११ र डिएभीले हिमालयन कलेज ३८–१० को स्कोरले पछाडि छोड्यो। ग्रिनफिल्ड कलेजले काठमाडौं भ्याली कलेजलाई ४५–३१ ले पछि पार्दा वर्नहार्ट कलेजले हिमालयन कलेजमाथि ५१–१७ को स्कोरमा विजय हासिल गऱ्यो।
खेल संयोजनको भूमिकामा रहेको आइ .एस .ए .नेपाल बास्केटबल एकेडेमीका पदाधिकारी निकेश राईले बताए अनुसार प्रतियोगिता बुधबारसम्म चल्ने, प्रतियोगितामा उपत्यकाका १६ वटा कलेजको स्पर्धा रहने , प्रतियोगी कलेजलाई चार समूहमा वर्गीकरण गरिएको प्रष्ट पारिएको छ ।
समूह ‘ए’ मा समावेश टाइम्स, ऋत, जेभियर र काठमाडौं वर्ल्ड स्कुलछन् भने समूह ‘बी’ मा परेका ग्रिनफिल्ड, डिएभी, सिसिआसी र नाइटिङ्गेल कलेज सहभागी रहेका छन्।
समूह ‘सी’ मा परेका जया, गोल्डेन कलेज, हेराल्ड र काठमाडौं भ्याली कलेज रहेका छन् भने त्यसैगरी समूह ‘डी’ मा हिमालयन कलेज, लालिगुँरास कलेज, एन्जल हार्ट र वर्नहार्ट ले प्रतिस्पर्धा गर्दैछन्।
प्रत्येक समूहको विजेता र उपविजेता टिम क्वार्टरफाइनल प्रतिस्पर्धामा प्रवेश गर्नेछन्।
