तारकेश्वर नगरपालिका -११ हिलेडोल मनमैजुमा अवस्थित रत्न बाटिका प्रि- स्कुलको आयोजनामा ग्रेजुयसन तथा खेलकुद दिवसको पुरस्कार वितरण समारोह सम्पन्न गरिएको छ ।

रत्न बाटिका स्कुलका व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कुइंकेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्कुलका प्रिन्सिपल रामगोपाल खड्काले उपस्थित पाहुना , अभिभावक तथा विद्यार्थीहरूलाई स्वागत मन्तव्य राख्नुभएको थियो। स्वागत मन्तव्य राख्दै , प्रिन्सिपल खड्काले विद्यालयले पढाइसँगै संस्कार पनि दिइरहेको अतिरिक्त क्रियाकलापअन्तर्गत डान्स ,स्पोर्ट्स र योगा कक्षाहरू सञ्चालन भइरहेका, आगामी दिनमा स्कुलमा बालबालिकालाई अझ प्रभावकारी किसिमले अध्ययन -अध्यापन, अतिरिक्त क्रियाकलापमा सहभागी गराई, उनीहरूको सर्वाङ्गीन विकास र भविष्य उज्ज्वल बनाउने काममा प्रतिबद्ध भएको प्रष्ट पार्नुभएको थियो। मानसरोवर योग साधना केन्द्रका योग गुरु दिवाकर अधिकारीले आफ्नो मन्तव्य राख्दै , योग गुरु अधिकारीले आफ्नो मन्तव्यमा कुनै पनि मान्छेको पहिलो विद्यालय घर हो र दोस्रो पाठशाला विद्यालय हो भन्दै रत्न बाटिका विद्यालयले असल नागरिक निर्माण गर्दै / बनाउँदै गरेकोमा खुसी व्यक्त गर्नुका साथै भविष्यमा स्कुलको प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

मन्टेश्वरीकी विज्ञ – ट्रेनर तथा अपेन तारकेश्वरकी अध्यक्ष रेखा शाही हमालले आफ्नो मन्तव्य राख्दै ,उहाँले बालबालिकालाई विशेष ज्ञानको अभावमा , बालबालिकाको मनोविज्ञान नबुझी ,उनीहरूसँग व्यवहार गर्न /पढाउन / सिकाउन गाह्रो हुने सन्दर्भ प्रष्ट पार्नुभएको थियो। मन्टेश्वरी विज्ञ ट्रेनर लक्ष्मी सुबेदी पाठकको रत्न बाटिकासँगको संलग्नताले बालबालिकाको सिकाइमा थप सहयोग पुगेको जनाइएको छ।

चैत्र ६ गतेको समारोहमा १२ जना बालबालिकाले ग्रेजुयसन प्रमाणपत्र प्राप्त गरेका थिए। ग्रेजुएटेड बालबालिकाले ग्रेजुएसन डान्स पनि गरेका थिए।
शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम प्रदान गर्दै आएको रत्न बाटिका स्कुल करिब १०० बालबालिकालाई अध्यापन गराइरहेको र उक्त स्कुलमा पढाउने /सिकाउने गुरु – गुरुआमाहरू तालिम प्राप्त रहनुभएकाले बालबालिकाले बाल मैत्री , शान्त र सफा वातावरणमा , न्यूनतम शुल्कमा पढिरहेको प्रष्ट पारिएको छ ।
उक्त समारोहमा रत्न बाटिका मन्टेश्वरी ट्रेनिङबाट पास आउट भएका ११ जना शिक्षिकाहरूले सर्टिफिकेट समेत प्राप्त गर्नुभएको थियो।

बालबालिकाले विद्यालयभित्र बाल खेलकुद दिवस प्रतियोगितामा सहभागिता जनाई विजयी भएकोमा सभापति , प्रिन्सिपल तथा अतिथिहरुबाट मेडल तथा सर्टिफिकेट प्राप्त गरेका थिए।
गौरी आचार्यले सहजीकरण गरेको उक्त समारोहमा सरस्वती पूजामा नयाँ भर्ना भएका साना पिजी समूहका विद्यार्थी भाइबहिनीहरू तथा अभिभावकहरूलाई समेत स्वागत गरिएको थियो।
विद्यार्थीहरूले विविध नेपाली बालगीत – संगीत, अङ्ग्रेजी बालगीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्ज प्रदान गरेका थिए । कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष गणेशप्रसाद सिटौला, समाजसेवी ,योग गुरु,अभिभावक , विद्यार्थी तथा शिक्षाप्रेमीहरुको वाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका सभापति उपेन्द्र कुइंकेलले सभा विसर्जन गर्दै २०७९ सालमा स्थापना भएको स्कुलले द्रुत गतिमा बालबालिकालाई खेल्दै, रमाउँदै , पढाउने वातावरण सिर्जना गरेकोमा खुसी व्यक्त गर्दै, उहाँले स्कुल परिवार ,शुभचिन्तक तथा सम्पूर्ण अभिभावक विद्यार्थीहरुलाई ,हार्दिक धन्यवाद दिनुभयो । उहाँले अभिभावक तथा विद्यार्थीलाई आउँदै गरेको नयाँ वर्ष २०८३ को शुभकामना समेत व्यक्त गर्नुभएको थियो।

