तारकेश्वर नगरपालिका – ६ पद्मशालस्थित पिरामिड मन्टेस्वरी स्कुलको आयोजना , तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीको प्रमुख आतिथ्यता तथा पिरामिड मन्टेश्वरीका सञ्चालक समितिका अध्यक्ष नारायण पोख्रेलको सभाध्यक्षतामा वार्षिक अभिभावक दिवस तथा खेलकुद पुरस्कार वितरण कार्यक्रम एवम् ग्रेजुएसन समारोह साझा पार्टी प्यालेस जरंखुमा सम्पन्न गरिएको छ।
पिरामिड मन्टेश्वरीकी कोर्डिनेटर परी पन्थीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीले आफ्नो मन्तव्यमा, उहाँले आजका बालबालिकालाई संस्कृति र संस्कार सिकाउनुपर्छ भन्दै , उहाँले बालबालिकाले मातापिता र आफ्नो जन्मभूमिप्रति श्रद्धा गर्न सिकाउने शिक्षा आजको आवश्यकता हो भन्नुभएको थियो। मन्तव्य दिने क्रममा तारकेश्वर नगर प्याब्सनका उपाध्यक्ष नवराज न्यौपानेले शुभकामना मन्तव्य राख्दै ,उहाँले साना -साना बालबालिकाहरूले ठूलो मान्छेहरूले जस्तो व्यवहार गर्छन् त्यस्तै सिक्छन् भन्दै विशेष अतिथि न्यौपानेले घरमा सकारात्मक सोचका व्यवहारहरू गर्नुपर्ने प्रष्ट पार्नुभएको थियो। तारकेश्वर प्याब्सनका उपाध्यक्ष नवराज न्यौपानेले अहिलेको मोबाइलको प्रयोगले बालबालिकालाई नकारात्मक असर गर्छ भन्दै, उहाँले पिरामिड मन्टेस्वरीले वालवालिकालाई रमाउँदै, खेल्दै ,पढ्दै ,सिक्दै अगाडि बढ्ने वातावरण सिर्जना गरेकोमा खुलेर प्रशंसा गर्नुभएको थियो । त्यसैगरी विशिष्ट अतिथि प्राडा केशव खड्काले आफ्नो मन्तव्य राख्दै ,बालबालिकालाई खेल्ने कोठा छुट्याउनुपर्छ ,पढाइको साथसाथमा बालबालिकाको चौतर्फी विकास भएको छ कि छैन ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।विशिष्ट अतिथि खड्कालेअभिभावकतर्फ संकेत गर्दै प्रत्येक अभिभावकले प्यारेन्टिङ कला जान्नुपर्छ भन्नुभएको थियो।अभिभावकको तर्फबाट मन्तव्य राख्दै, सुनिता पोख्रलले पहिलो पाठशाला घर भएपनि दोस्रो पाठशालाको रुपमा हाम्रो बालबालिकाको लागि पिरामिड मन्टेस्वरी दोस्रो पाठशाला हो भन्दै , उहाँले अब मन्टेस्वरी शिक्षाको लागि आफ्नो गाउँघर वरिपरिका विद्यार्थीलाई पिरामिड मन्टेश्वरीले यथार्थपरक शिक्षा दिएकोमा खुसी व्यक्त गर्नुभएको थियो।त्यसैगरी स्कुलको योजना र उद्देश्यमाथि प्रकाश पार्दै पिरामिड मन्टेश्वरीकी प्रिन्सिपल कल्पना पन्थीले मन्टेश्वरीको लक्ष्य कक्षा १२ सम्म अगाडि बढाउने रहेको विचार व्यक्त गर्नुभएको थियो। यसका साथै प्रिन्सिपल पन्थिले स्कुल परिसरभित्र बालबालिका पसेपछि माटोसँग खेल्दै ,नाच्दै, गाउँदै ,रमाउँदै पढिरहने ,नयाँ कुरा सिकिरहने वातावरण पिरामिडले सिर्जना गरेको प्रष्ट पार्नुभएको थियो। प्रिन्सिपल पन्थीले आफ्नो धारणा राख्दै, समग्र अभिभावक वर्गबाट आउँदा दिनमा पनि विद्यालयप्रति विश्वास कायम रहने विचार व्यक्त गर्नुभएको थियो।
उक्त समारोहमा २० जना सानासाना बालबालिकाहरूले ग्राजुएसन सर्टिफिकेट विशिष्ट अतिथि लगायत विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पोखरेल तथा प्रिन्सिपल कमला पन्थीबाट प्राप्त गरेका थिए।
कार्यक्रममा बालबालिकाहरूले स्वागत गीत स्वागत नृत्य , विभिन्न अंग्रेजी नेपाली बाल गीतहरू ,फेसन शो जस्ता आफ्ना प्रतिभा ,कला अभिभावकका माझमा प्रस्तुत गरेका थिए । उक्त समारोहमा पिरामिड मन्टेश्वरी स्कुलका शिक्षिकाहरूद्वारा नृत्य प्रस्तुत गरिएको थियो। बाल बालिकाहरूले स्कुलभित्रको अतिरिक्त क्रियाकलाप प्रतियोगिताको पुरस्कार समेत उपस्थित विशिष्ट अतिथिहरूबाट प्राप्त गरेका थिए।
उक्त समारोहमा काठमाडौँ जिल्ला प्याब्सनका उपाध्यक्ष धनबहादुर पुन, राष्ट्रिय कलाकारद्वय लेखान्त भुषाल दमन रुपाखेती, एभरेष्ट किड्स स्कुलका अध्यक्ष विष्णुप्रसाद पनेरू , न्यूटन हाइस्कुलका कार्यकारी निर्देशक रमेश पन्थी, स्थानीय समाजसेवीहरू, शिक्षा प्रेमीहरू तथा अभिभावक -विद्यार्थीको वाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम समापन गर्दै सभाध्यक्ष नारायण पोख्रेलले पिरामिड मण्टेश्वरीका शिक्षिकाहरू बालबालिकाको मनोविज्ञान बुझेका र बालबालिकालाई कसरी सिकाइन्छ भनेर विशेष तालिम लिएका गुरुआमाद्वारा अध्यापन गराइने भएको कारण विद्यालयले छोटो अवधिमा संस्कारयुक्त शिक्षा प्रदान गर्दै गरेको प्रष्ट पार्नुभएको थियो। कार्यक्रमका सभाध्यक्ष नारायण पोखरेलले आफ्नो मन्तव्यमा अभिभावकको साथ र सहयोग अपेक्षा सधैँ रहने विश्वास व्यक्त गर्नुका साथै उपस्थित अभिभावक अतिथिहरू तथा सम्पूर्ण विद्यार्थी शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।
