Thursday, April 16, 2026

आयोजक प्याब्सन काठमाडौंको यु-१५ प्याब्सन क्रिकेट लिगमा  जितको सुरुवात

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौँ ।
आयोजक प्याब्सन काठमाडौंको यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा जितको सुरुआत भएको छ। तल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्याब्सन काठमाडौंले प्याब्सन गण्डकीलाई १ १ रनले हरायो।

१७ ओभरमा छोट्याइएको खेलमा प्याबसन काठमाडौंले ७ विकेट गुमाउँदै १ सय ३९ रन बनायो। खेलाडी सन्श्रेय श्रेष्ठ (३५) र कुशल बिसी (३४) ले महत्वपूर्ण योगदान दिए।  कुशल बिसी ज्ञानमन्दिर सेकेन्डरी स्कुल वालाजुका विद्यार्थी हुन् स्कुल परिवारले उनलाई बधाई दिँदै  हौसला प्रदान गरेको छ ।  ५ विकेट लिएका तपेन्द्र विष्ट ‘म्यान अफ द म्याच’ घोषित भए। प्रत्युत्तरमा  गण्डकी १ सय २९ रनमै सीमित भयो।

माघ २८ गतेको अर्को खेलमा प्याब्सन बागमतीले सुदूरपश्चिमलाई ३ विकेटले हरायो । सुदूरपश्चिमले १ सय १६ रन बनाएकोमा बागमतीले १९.२ ओभरमा लक्ष्य हासिल गर्‍यो। अविजित ६० रन बनाएका विशाल ऐर ‘म्यान अफ द म्याच’ मा  दर्ता भए।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरेको प्रतियोगिता फागुन ६ गतेसम्म चल्नेछ। विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारको घोषणा गरिएको  छ। बिहीबार गण्डकी–कोशी तथा सुदूरपश्चिम–मधेशबीच कडा प्रतिस्पर्धा   हुनेछ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00