Thursday, April 16, 2026

काठमाडौँ जिल्ला प्याब्सनको यु-१५ छात्र क्रिकेट लिगको भव्य समारोहका बिच उद्घाटन

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौँ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौँको आयोजनामा पिसिएल अण्डर–१५ लिग क्रिकेट स्पर्धा तल्लो मूलपानी क्रिकेट मैदानमा सुरु गरिएको छ। खेल जगतका विशिष्ट पाहुना देशभरका विद्यार्थी -शिक्षक ,प्याब्सनका पदाधिकारी, खेलप्रेमी जनसमुदाय विच उक्त स्पर्धाकोको भव्य उद्घाटन राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यद्वारा रेफ्रीलाई बल र ब्याट हस्तान्तरण गर्दै सम्पन्न गरिएको हो ।

फागुन ६ गतेसम्म सञ्चालन गरिने प्रतियोगितामा प्याब्सन काठमाडौँ (क्यापिटल्स), सुदूरपश्चिम (राइजिङ), बागमती (च्यालेन्जर्स), गण्डकी (इगल्स), कर्णाली (हाइल्यान्डर्स), कोशी (स्ट्राइकर्स), लुम्बिनी (मोङ्स) र मधेश (रोयल्स) गरी ८ टिमका बीच प्रतिस्पर्धा हुने तय गरिएको छ। प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन हुनेछ र करिब ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ।

माघ २८ गतेको उद्घाटन समारोहमा बोल्दै खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले प्याब्सनले निजी क्षेत्र मात्र नभई राष्ट्रिय खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो र आगामी दिनमा अन्य खेलकुद विधामा पनि यस्ता कार्यक्रम विस्तार गर्न सुझाव दिनुभएको थियो। उहाँले परिषदको तर्फबाट सहयोग र समर्थन रहने भन्दै प्याबसनले नेपालको खेल जगतमा दिएको योगदानलाई स्मरण गर्दै आगामी दिनमा पनि यस्ता खाले खेलहरू सहकार्यमा गर्न सकिने विश्वास व्यक्त गर्नुभएको थियो।

banner

प्याब्सन काठमाडौँका अध्यक्ष नवराज भट्टले मन्तव्यमा शिक्षासँगै खेलकुदलाई प्राथमिकतामा राख्दै उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो। प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी ‘ड्रिम टिम’ निर्माण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उक्त टिमलाई अवसर प्रदान गरिने उहाँले विश्वास दिलाउनुभयो।

उदघाटन कार्यक्रममा प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले शिक्षासंगै प्याब्सनले राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको बताँउदै प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी ‘ड्रिम टिम’ निर्माण गदै सुविधासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गर्ने बताउनुभयो ।
उदघाटन कार्यक्रममा प्याव्सन केन्द्रका सह अध्यक्ष गोपाल आचार्य, उपाध्यक्ष रबिन शर्मा, केन्द्रीय प्याव्सनका सचिवालय सदस्य लोकेन्द्र खड्का, प्याव्सन बाग्मती प्रदेशका अध्यक्ष मुरारी प्रसाद सञ्जेल, बरिष्ठ उपाध्यक्ष सानुकाजी कार्की, प्याव्सन काठमाण्डौंका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक धन बहादुर पुन, प्याब्सन जिल्ला कार्यसमिति पदाधीकारीहरु तथा सदस्यहरु, प्याव्सन किर्तिपुरका अध्यक्ष रबि भण्डारी, प्याब्सन तारकेश्वरका गोपाल बुढाथोकी लगायत प्याव्सन काठमाण्डौं मातहतका बिभिन्न नगर / महानगर प्याव्सनका अध्यक्ष एवं पदाधीकारी लगायतको वाक्लो उपस्थीति रहेको थियो । उद्घाटन समारोह प्याव्सन काठमाण्डौंका सचिब कृष्ण भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00