हिसान तारकेश्वरको आयोजना तथा एन्जल्स हार्ट सेकेन्डरी स्कुलको संयोजनमा छात्र – छात्रा भलिबल प्रतियोगिताको हिसान तारकेश्वरका उपाध्यक्ष तथा काठमाडौँ जिल्ला प्याब्सनका सहसचिव शिवप्रसाद अर्यालको सभाध्यक्षतामा समापन तथा पुरस्कार वितरण कार्यक्रम , तारकेश्वर नगरपालिकाका शिक्षा प्रमुख सुदिनराज बुढाथोकीको प्रमुख आतिथ्यतामा
सम्पन्न भएको छ।

खेलाडीहरूलाई बधाई दिँदै प्रमुख अतिथि तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीले आफ्नो मन्तव्यमा स्वास्थ्य नै जीवन हो भन्दै उहाँले तारकेश्वर हिसानले पढाइ र खेलकुदलाई सँगसँगै अगाडि बढाएकोमा खुलेर प्रशंसा गर्नुभएको थियो।

तीन दिन चलेको हिसान तारकेश्वर छात्र छात्रा भलिबल प्रतियोगितामा छात्रातर्फ प्रथम स्थानमा एन्जल हार्ट सेकेन्डरी स्कुल , दोस्रो स्थानमा लालीगुराँस नेसनल एकेडेमी स्कुल , तेस्रो स्थानमा प्रारम्भ वर्ल्ड स्कुल पुरस्कृत हुन सफल भए । त्यसैगरी छात्रतर्फ हेन्जल्स हार्ट स्कुल पहिलो , हिमरश्मी हाइस्कुल दोस्रो , तथा तेस्रोमा लालीगुराँस नेसनल एकेडेमी स्कुल पर्न सफल भए। विजयी खेलाडीहरूले प्रमुख अतिथि तथा अतिथिहरूबाट नगद, ट्रफी, मेडल तथा सर्टिफिकेट पुरस्कार प्राप्त गरेका थिए। छात्रतर्क वेष्ट प्लेयरमा प्रविण हमाल एन्जल्स हार्ट स्कुलबाट , वेष्ट स्पाइकर केशर परियार हिमरश्मि हाईस्कुलबाट , वेस्ट सर्भर होम बहादुर वि .के . एन्जल्स् हार्ट स्कुलबाट त्यसैगरी छात्रातर्फबेस्ट प्लेयर रेजिना सिर्पाली एन्जल्स हार्टवाट ,वेस्ट स्पाइकर अनिशा थारु लालीगुराँश नेशनल एकेडेमीबाट , बेस्ट सर्भर सिसम बुढा एन्जल्सहार्टबाट छनोट भए।

एन्जल्स् हार्ट नेशनल स्कुलका प्रिन्सिपल टक बहादुर थापाले उद्घोषण गरेको उक्त कार्यक्रमका सभाध्यक्ष शिवप्रसाद अर्यालले विजयी खेलाडीहरूलाई अगाडि बढ्न हौसला प्रदान गर्दै समग्र उपस्थित प्रमुख अतिथि, अतिथि, खेल प्रशिक्षक, शिक्षक ,कर्मचारी ,खेलपेमी जनसमुदायलाई हिसान तारकेश्वरको छात्र छात्रा भलिबल प्रतियोगिताको तेश्रो संस्करण सम्पन्न गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन काठमाडौँको उपाध्यक्ष धनबहादुर पुन, न्युटन हाई स्कुलका प्रिन्सिपल राम के सी , तारकेश्वर नगर शिक्षा फिल्ड सहायक प्रविण खत्री, एन्जल्स हार्ट विद्यालय कानुनी सल्लाहकार हिमलाल गिरी, तारकेश्वर हिसानका सचिव कमल प्रसाद ज्ञवाली , तारकेश्वर हिसान इसिए प्रमुख राजेश रायमाझी , एन्जल्स हार्ट स्कुल सञ्चालक समिति उपाध्यक्ष यम बहादुर छन्त्याल , एन्जल्स हार्ट स्कुल भाइस प्रिन्सिपल दिल बहादुर बुढाथोकी , हिमरश्मि हाइस्कुलका भाइस प्रिन्सिपल नारायण सेढाई , कोर्डिनेटर लक्ष्मण पाण्डे लगायत तारकेश्वर हिसान सदस्य विद्यालयका पदाधिकारीहरू , खेलाडीहरु , खेल प्रशिक्षक, विद्यार्थी तथा समस्त खेलप्रेमी जनसमुदायको उपस्थितिमा हिसान तारकेश्वर तेश्रो संस्करणको छात्रछात्रा भलिबल प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रम उल्लासमय तवरले सम्पन्न भएको छ ।

