Thursday, April 16, 2026

प्याब्सन  काठमाडौँ आयोजनामा क्रिकेट लिग अन्डर १५ प्रतिस्पर्धी खेलाडीलाई प्रशिक्षण

संयम दैनिक
0 कमेन्टहरु

काठमाण्डौं जिल्ला प्याव्सनको आयोजनामा चल्दै गरेको प्याव्सन क्रिकेट लिग टि १५ क्रिकेट प्रतियोगितामा सहभागी भएका खेलाडीहरूको खेल क्षमता विकास गर्न प्रशिक्षण प्रदान गरिएको छ ।

;

फागुन ५ गते बेलुका काठमाण्डौंको गौशालामा प्रशिक्षकद्वय ईश्वर बाबु कार्की र प्रो .पशुपति अधिकारीले प्रशिक्षण दिएको building future champions- sports science and performance for young athletes नाम दिइएको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

खेलाडीहरूलाई अगाडि बढ्दै जाँदा विभिन्न लोभ लालचमा फस्ने , खेल विज्ञान तथा शारीरिक शिक्षा पनि एउटा विज्ञान हो भन्दै खेल प्रशिक्षक द्वयले व्यवस्थित तरिकाले खेल क्षमता अभिवृद्धि गर्ने ,खेल जीवनलाई सशक्त पार्ने तरिका प्रष्ट पार्नुभएको थियो। उहाँहरुले साना साना खेलाडीहरूलाई हौसला प्रदान गर्दै खेल जगतको व्यापक अध्ययन भइरहेको भन्दै खेल र जीवनको उपयोगिता र औचित्य बुझाउनु भएको थियो ।

कार्यक्रममा नेपाल प्रहरीका अवकास प्राप्त डिआईजी एवं आईसीसीका एन्टी करप्सन म्यानेजर इश्वर बाबु कार्की र त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख प्रो.पशुपती अधिकारीले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई खेलकुद विज्ञान, खेल अनुसासन र भबिष्य निर्माणका बिषयमा वृहत् प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्ट, प्याव्सन बाग्मतीका बरिष्ठ उपाध्यक्ष सानोराजा कार्की, बिपि कोइराला फाउण्डेसनका सदस्य सचिब अतुल कोइराला, वरिष्ट खेल प्रशिक्षक रविन्द्र गुप्ता , प्याव्सन क्रिकेट लिग टि १५ क्रिकेट प्रतियोगिताका खेल डाइरेक्टर तथा एन्जल्स स्पोर्टस एकेडेमिका अध्यक्ष खिम थापाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

banner
;

कार्यक्रममा उपस्थित सहभागी खेलाडीहरूलाई सम्बोधन गदै प्याव्सन काठमाण्डौंका अध्यक्ष नवराज भट्टले प्याव्सन क्रिकेट लिग केबल प्रतियोगिता मात्र नभएर नेपालको भावी पुस्ताका लागि बलियो खेल संस्कार निर्माणको आधार स्तम्भ रहेको बताउनुभयो । उहाँले प्रतियोगिताले एउटा ड्रिम टोली निर्माण भइरहेको र त्यो टोलीले राष्ट्रको गौरव बढाउन सक्ने धारणा अध्यक्ष भट्टले व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन गदै क्रिकेट लिगका खेल संयोजक एन्जल्स स्पोर्ट एकेडेमिका अध्यक्ष खिम थापाले खेलकुदलाई बैज्ञानीक दृष्टिकोणबाट कसरी अगाडि बढाउने भन्ने बिषयमा ज्ञान, प्रेरणा र अनुभव साटासाट गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00