Friday, April 17, 2026

ग्रिनल्याण्ड अन्तर-विद्यालय बास्केटबल  स्पर्धामा गोल्डेनपिक,  भ्याली पब्लिक र टिआइएलाई  उपाधि

संयम दैनिक
0 कमेन्टहरु

ग्रीनल्याण्ड सेकेन्डरी स्कुलले अन्तर – विद्यालय   उपत्यका व्यापी१९ औँ संस्करण बास्केटबल प्रतियोगिता भदौ १४ गते टोखा नगरपालिकाको  आफ्नै परिसरमा सम्पन्न गरेको छ।

भदौ १४ गतेसम्पन्न उक्त समापन कार्यक्रमा सबै प्रतियोगीलाई छिचोल्दै जुनियर छात्रतर्फ गोल्डेन पिक स्कुल प्रथम र दोस्रो स्थानमा जेबी स्कुल पर्न सफल भए।  त्यसैगरी उक्त प्रतियोगितामा सिनियर छात्रातर्फ भ्याली पब्लिक स्कुल प्रथम र द्वितीय स्थानमा काठमाडौँ विद्याकुञ्ज स्कुलले आफूलाई सुरक्षित राखे । त्यसैगरी सिनियर छात्रतर्फ टिआइए   प्रथम  तथा न्युटन हाइ स्कुल द्वितीय स्थानमा पर्न सफल  भए।

उपत्यकाभरिका ५६ वटा विद्यालयहरू सहभागी भएको उक्त कार्यक्रममा भदौ ५ गतेदेखि सुरु भई भदौ १४ गते समापन भएको हो ।

बिनोद घिमिरेले सहजीकरण गरेको उक्त समापन कार्यक्रममा ,सिनियर छात्रतर्फ भ्यालुएवल प्लेयर रोशन नगरकोटी, हाइएस्ट स्कोरर  उज्ज्वल श्रेष्ठ, बेस्ट थ्री प्वाइन्टरमा युगेन लामा  अव्वल सावित भए।

सिनियर छात्रातर्फ भ्यालुएवल प्लेएर   अनिता गुरुङ , हाइएस्ट स्कोरर प्रसिद्धि भण्डारी, वेस्ट थ्री प्वाइन्टर खुशी मितोक परे।

banner

त्यसैगरी जुनियर छात्र तर्फ भ्यालुएवल प्लेयर  तर्फ फुर्वा  शेर्पा, हाइएस्ट स्कोरर गौरव  ओली , वेष्ट थ्री  प्वाइन्टरमा  वियोन  गुरुङ पुरस्कृत भए।

कार्यक्रममा स्कुलका प्रिन्सिपल तथा  उक्त प्रतियोगिता समापन कार्यक्रमका सभाध्यक्ष थकिन कुमार गुरुङले   खेलाडीहरुलाई हौसला प्रदान गर्दै , उहाँले खेलाडीलाई  अन्तर्राष्ट्रिय खेलमा भाग लिन पाउने अवसर आउन सक्ने धारणा व्यक्त गर्नुभएको  थियो। उहाँले  खेलका साथसाथै पढाइलाई पनि सँगसँगै अगाडि बढाउन शुभकामना व्यक्त गर्नुभएको थियो ।

विजेता खेलाडीहरूलाई केन्द्रीय प्याब्सनका उपाध्यक्ष तथा ग्रीनल्यान्ड स्कुलका प्रिन्सिपल थकिन  कुमार गुरुङ लगायत प्याब्सन केन्द्रीय सचिवालय सदस्य प्रह्लाद खनाल र न्युटन हाइ स्कुलका कार्यकारी निर्देशक रमेश पन्थी तथा ओडिसी एकेडेमीका प्रिन्सिपल नारायण रोक्काद्वारा पुरस्कृत गरिएको थियो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00