Thursday, April 16, 2026

तारकेश्वर प्याब्सनको व्याडमिन्टन प्रतियोगिताको परिणाम सार्वजनिक

संयम दैनिक
0 कमेन्टहरु

जेठ १३ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको  तारकेश्वर नगर प्याबसनको अतिरिक्त क्रियाकलाप अन्तर्गत ब्याडमिन्टन प्रतियोगिताको परिणाम जेष्ठ  १५ र १६ गतेको तारकेश्वर नगर प्याक्सनका ५८ विद्यालयमध्ये सहभागी २० विद्यालयको  स्पर्धापछि  सार्वजनिक गरिएको छ ।

जेठ १५ र १६ गते तारकेश्वर ८  शान्तिटोलमा अवस्थित शान्तिटोल ब्याडमिन्टन क्लवमा भएको स्पर्धामा जुनियर छात्रतर्फ जीवनज्योती प्रथम स्थानमा , दोस्रोमा रोजमेरी आइडल, तेस्रोमा हिमरश्मि र स्प्रिङ भ्याली बिजेता बन्न सफल भएका छन्  । छात्रातर्फ पहिलो हुनेमा हिमरश्मि हाई स्कुल , दोस्रोमा स्प्रिङ भ्याली एकेडेमी, तेस्रो स्थानमा जीवन ज्योती र कौशल अङ्ग्रेजी मावि पर्न  सफल भएका छन् ।

त्यसैगरी सिनियर छात्रतर्फ रोजमेरी आइडल स्कुल पहिलो हुन् सफल भएको छ भने  दोस्रोमा हिमरश्मि हाई स्कुल, तेस्रो स्थानमा कौशल मवि र स्प्रिङ भ्याली एकेडेमी सुरक्षित रहन सफल भएकाछन् । छात्रातर्फ प्रथम हुनेमा लालीगुराँश नेशनल एकेडेमी, दोस्रोमा हिमरश्मि हाई स्कुल, तेस्रो पुरस्कार कौशल मा वि र जीवन ज्योती स्कुलले हात पार्न  सफल भएका छन् ।

मिक्स डबलतर्फ प्रथम हुनेमा लालीगुराँश नेशनल एकेडेमी, दोस्रोमा स्प्रिङ भ्याली एकेडेमी रहे भने हिमरश्मि हाई स्कुल र आगमन एकेडेमी तेश्रो पुरस्कार प्राप्त गर्न  सफल भएका छन् ।

banner

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं प्यावशनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाले विजयी विद्यालय तथा  खेलाडीहरुलाई ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00