Thursday, April 16, 2026

JCL U–12 2082: छैटौँ दिन तीन रोमाञ्चक खेल, CEC B, Angels A र KCA अग्र स्थानमा

संयम दैनिक
0 कमेन्टहरु

एन्जल्स स्पोर्ट्स एकेडेमीको आयोजना तथा एन्जलस हार्ट एजुकेसन फाउन्डेसनको प्रायोजनमा
JCL U–12 क्रिकेट प्रतियोगिता 2082 अन्तर्गत छैटौँ दिन तीन खेलहरू सम्पन्न भएका छन्। दिनभर भएका खेलहरूमा CEC B, Angels A र KCA तीन टिमले प्रतिस्पर्धामा अग्र स्थानमा पार्न सफल भएपछि जित हासिल गरे ।

CEC B vs GHCA Shantinagar को
पहिलो खेलमा GHCA Shantinagar ले टस जितेर ब्याटिङ गरे पनि 12.2 ओभरमै 48 रनमा अलआउट भयो। आदित्य जैसवालले सर्वाधिक 18 रन बनाए। CEC B का हार्दिक श्रेष्ठले उत्कृष्ट बलिङ गर्दै 2 ओभरमा 6 रन खर्चेर 3 विकेट लिए भने अर्पण पोखरेलले 1.2 ओभरमा 2 रन दिँदै 2 विकेट लिए।
49 रनको लक्ष्य CEC B ले 14.1 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्न सफल ‍भयो। सुप्रिम शाही ले 17 रनको योगदान दिएका थिए। हार्दिक श्रेष्ठ उत्कृष्ट प्रदर्शनका कारण प्लेएर अफ दि म्याच बन्न सफल भए।

Angels A vs HCA C को
दोस्रो खेलमा Angels A ले टस जितेर ब्याटिङ गर्दै 15 ओभरमा 1 विकेटको क्षतिमा 115 रन बनायो। कप्तान अविशेक कठायतले नटआउट 54 रनको शानदार इनिङ खेले भने दीपक राज वली (28) र आरभ खड्का (17) ले साथ दिएका थिए । 116 रनको लक्ष्य पछ्याएको HCA C ले भेनस खड्का (38) को प्रयास गरिरहँदा पनि लक्ष्य भेट्न सकेन। Angels A का प्रशान्त रोकायाले 2 विकेट लिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका अभिशेक कठायत प्लेयर अफ दि म्याच घोषित भए । अन्तमा Angels A ले खेल 42 रनले जित्यो।

KCA vs CEC Aको
तेस्रो खेलमा KCA ले 15 ओभरमा 5 विकेट गुमाउँदै 102 रन बनायो। मेगन खत्रीले नटआउट 40 रन बनाए भने अर्शु दाहालले 12* रन जोडे।
103 रनको लक्ष्य पछ्याएको CEC A 9.3 ओभरमै 53 रनमा अलआउट भयो। KCA का अर्शु दाहालले 4 विकेट लिँदै खेल आफ्नो पक्षमा पारे। उत्कृष्ट ब्याटिङ र 4 क्याचसहित मेगन खत्री प्लेयर अफ दि म्याच घोषित भए। KCA ले खेल 49 रनले जित्यो।

banner

यसरी JCL U–12 प्रतियोगिताको छैटौँ दिन प्रतिस्पर्धात्मक र उत्साहपूर्ण खेलहरूसहित सम्पन्न भयो। उत्कृष्ट म्यान अफ दि म्याच घोषित खेलाडीलाई विशिष्ट अतिथिहरू सुरज केसी, दिल बुढाथोकी तथा कृष्ण महत लगायतले हौसला प्रदान गर्दै पुरस्कृत गर्नुभएको थियो ।एन्जल एन्जल्स हार्ट एकेडेमीका अध्यक्षले संयम दैनिकसँग कुराकानी गर्दै, उहाँले बालबालिकाले स्वतन्त्र रूपमा आआफ्नो एकेडेमीमा क्रिकेट खेलिरहेता पनि साना खेलाडीहरुले यस्ता खाले प्रतियोगिताबाट आफ्नो खेल क्षमताको स्वयं मूल्याङ्कन गर्न सक्ने र खेल प्रतिस्पर्धाको विकास गर्नलाई यस्ता प्रतियोगितात्मक खेलकुद कार्यक्रमहरू महत्त्वपूर्ण हुन्छन् भन्नुभएको थियो। प्रतियोगिता एन्जल्स स्पोर्ट्स एकेडेमी तारकेश्वर -९ को खेलमैदानमा मंसिर २५ गतेदेखि पुस ५ गतेसम्म चाहिरहेको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00