Friday, April 17, 2026

तारकेश्वर नगर प्याब्सनको क्विज स्पर्धा सम्पन्न : कौशल स्कुल प्रथम स्थानमा हुँदा, जीवन ज्योति, स्प्रिङ भ्याली र हिमरश्मि स्कुल क्रमशः पुरस्कृत

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगर प्याब्सनको आयोजनामा २६ विद्यालयको सहभागितामा प्राइमरी लेभल विद्यार्थीहरूका बीचमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।

कार्तिक २७ गते पत्रकार सम्मेलन गरी घोषणा गरिएको उक्त हाजिरी जवाफ प्रतियोगिता एन्जल हार्ट माविको कुशल संयोजनमा एन्जल हार्ट मावीकै परिसरभित्र सम्पन्न गरिएको हो ।

banner

कार्तिक २८ गते सम्पन्न भएको उक्त कार्यक्रममा , पुरस्कार वितरणको सन्दर्भमा तारकेश्वर नगर प्याव्सनका उपाध्यक्ष तथा इसिए प्रमुख नवराज न्यौपानेले उपस्थित प्रतियोगीलाई विजयको बधाई दिदै अझै अगाडि बढन हौसला प्रदान गर्नुभयो । काठमाडौँ जिल्ला प्याब्सनका उपाध्यक्ष धनबहादुर पुनले बालबालिकाहरूलाई तारकेश्वर नगर प्याब्सनले उनीहरूको क्षमता र रुचि अनुसार विभिन्न किसिमका प्रतियोगिताहरू सञ्चालन गर्दै जाने जनाउनुभएको थियो।विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाउने उद्देश्यका साथ आयोजना गरिएको यो कार्यक्रमम्रा ,ताराकेश्वर नगर प्याब्सन अध्यक्ष तथा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमका सभाध्यक्ष गोपाल बुढाथोकीले आफ्नो विचार व्यक्त गर्दै, वार्षिक कार्यक्रमभित्र परेको यो हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरुको हारजित भन्दा पनि सहभागी हुनु ठुलो कुरा हो भन्दै हौसला प्रदान गर्नुभएको थियो।

तारकेश्वर नगर प्याब्सनको हाजिरी जवाफ प्राथमिक लेभल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई तारकेश्वर नगरपालिका सचिव झनकराज शर्माले सहजीकरण गर्नुभएको थियो। उक्त स्पर्धामा पहिलो स्थान प्राप्त गर्ने कौशल सेकेन्डरी स्कुल, दोस्रो स्थानमा जीवन ज्योति सेकेन्डरी स्कुल, तेस्रो स्थानमा स्प्रिङ भ्याली एकेडेमी र  हिमरश्मि हाई स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

तारकेश्वर नगर प्याब्सनका इसीए सदस्य राधाकृष्ण अर्याल लगायत विभिन्न विद्यालयका प्रिन्सिपल भाइस प्रिन्सिपल शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको बीचको कार्यक्रममा   विजयी सहभागीलाई ट्रफी मेडल र सर्टिफिकेटले पुरस्कृत गरिएको थियो।

५८ वटा  तारकेशर नगर प्याब्सनका सदस्य विद्यालयहरू भएतापनि २६ वटा मात्र विद्यालय यस्ता बौद्धिक कार्यक्रममा सहभागी हुनुले निजी विद्यालयको बालबालिकालाई सहभागिताको अधिकार दिलाउने वातावरणमा पछाडि हट्दै गएको टिका टिप्पणी गर्ने ठाउँ भेटिन थालेको छ ।  विद्यार्थीहरूलाई जित मात्र होइन कहिलेकाहीँ हार पनि सिकाउनुपर्ने हुनसक्छ भन्ने कुराको तारकेश्वर नगर प्याब्सनले पनि ख्याल  गरी यस्ता कार्यक्रममा समग्र विद्यालय सहभागी हुने अवसर र वातावरण मिलाउन आवश्यक देखिन्छ  ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00