Thursday, April 16, 2026

वात्सल्य किन्डरवेल्ट विद्यालयको ५औँ अभिभावक दिवस सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिका वडा नं ६ को अष्टमान टोलस्थित वात्सल्य किण्डरवेल्ट विद्यालयले पाँचौं वार्षिक अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।

बालबालिकाको बहुपक्ष विकासको उद्देश्यका साथ २०७२ सालमा स्थापना भएको विद्यालयको ५ औँ वार्षिक अविभावक दिवसमा सञ्चालक समितिका अध्यक्ष प्रमी श्रेष्ठले सभाध्यक्षता ग्रहण गरेको कार्यक्रममा , तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यतामा विविध सांस्कृतिक कार्यक्रमसहित ५ औँ वार्षिअभिभावक दिवस सम्पन्न गरिएको हो ।

विद्यालयका सञ्चालक राजेश रायमाझीले सहजीकरण गरेको उक्त कार्यक्रममा नगर उपप्रमुख सृजना बुर्लाकोटी, वडा नं ६ अध्यक्ष घनश्याम श्रेष्ठ, प्याव्सन केन्द्रीय समिति सदस्य लोकेन्द्र बहादुर खड्का , अष्टमान टोल सुधार समाज अध्यक्ष राजकुमार डंगोल ,अभिभावक , विद्यार्थी, स्थानीय समाजसेवीहरुको बाक्लो सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा लामो समयसम्म सेवा पुऱ्याइरहेका शिक्षक तथा कर्मचारीलाई विद्यालयद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा आफ्नो विचार राख्दै विद्यालयका सञ्चालक समिति अध्यक्ष प्रमी श्रेष्ठले वात्सल्य किण्डरवेल्ट विद्यालयद्वारा तारकेश्वरमा महिला सशक्तीकरणमा जोड दिँदै उहाँले बालबालिकाको बहुआयामिक विकासमा जोड दिइएको प्रष्ट पार्नुभएको थियो ।

banner

वात्सल्य स्कुल प्रिन्सिपल निर्मला सिलवालले आफ्नो विचार राख्दै उहाँले वात्सल्यको लोगोले नै आमाले बालबालिकाहरुलाई दिने मायाँ देखाउँछ भन्नुभयो।

करिब १५० भन्दा बढी विद्यार्थीहरू अध्ययन गरिरहेको यो विद्यालयले गरिव र जेहेन्दार विद्यार्थीहरुका लागि १० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको जनाइएको छ। अहिले पनि यस विद्यालयमा २०–२५ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरिरहेका विद्यालय परिवारद्वारा जनाइएको छ ।

विद्यालयका प्रतिभाशाली सानासाना विद्यार्थीहरूले विभिन्न भेषभुषामा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेर अभिभावक तथा अतिथि गणहरुलाई मनोरञ्जन दिलाएका थिए ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00