Friday, April 10, 2026

वसन्त पञ्चमीको पावन अवसरमा लालीगुराँस विद्या सदनद्वारा आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौँ ।
काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिका–वडा नम्वर -२, ढकालटारमा अवस्थित लालीगुराँस विद्या सदन विद्यालयले वसन्त पञ्चमी २०८२को पावन अवसर पारेर विद्यालयमा विद्या तथा ज्ञानकी देवी सरस्वती माताको पूजा, आराधना तथा अक्षरारम्भसँगै आँखा तथा दन्त शिविरको आयोजना सम्पन्न गरेको छ।आँखा तथा दन्त शिविर सञ्चालनमा भाग्य लक्ष्मी आँखा तथा डेन्टल क्लिनिक जरङखुका साथै काठमाडौँ डेन्टल हस्पिटल तथा रिसर्च सेन्टर बालाजुको तत्त्ववधानमा सञ्चालन भएको कार्यक्रम निकै उपयोगी भएको आयोजक स्कुल लालीगुराँस विद्या सदनले प्रष्ट पारेको छ भने निशुल्क भर्ना विद्यार्थी अन्तर्गत सरस्वती पूजाकै दिन ५१ जना विद्यार्थीहरू भर्ना भई लाभ उठाएको स्कुल प्रशासनले जनाएको छ।

वि.सं. २०६७ सालमा स्थापना भएको यो विद्यालयले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाका लागि स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको हो।

माघ ९ गते सम्पन्न उक्त शिविरमा, करिब ४६० विद्यार्थी, ५९० अभिभावक तथा स्थानीय जनसमुदायले आँखा र दन्त परीक्षण गराएर १ हजार भन्दा बढी संख्यामा स्वास्थ्य लाभ लिएका थिए। विधिवत रुपमा सरास्वती पूजा तथा अक्षरारम्भ गरिएको सो कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक श्री डालचन्द्र दवाडीवाट विद्यार्थीहरूलाई टीका लगाई प्रसाद वितरण गरिएको थियो भने कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री नवराज पाण्डेले स्वागत मन्तव्य दिँदै विद्यालयका गतिविधि प्रस्तुत गर्नुभएको थियो । मन्तव्यमा प्रधानाध्यापक पाण्डेले आपनो धारणा राख्दै उहाँले ,शान्त वातावरणमा रहेको लालीगुराँस विद्यासदनमा अनुभवी शिक्षक शिक्षिकाबाट बालमैत्री वातावरणमा अध्यापन गराइनुका साथै शिक्षा क्षेत्रमा लामो अनुभव प्राप्त शिक्षाविद्‌हरूको टिमद्वारा विद्यालय सञ्चालन गरिएको प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष श्री शंकर प्रसाद भट्टले सहभागी सबैलाई बधाई दिँदै विद्यालयको नारा “Knowledge for Competent Generations” अनुरूप गुणस्तरीय शिक्षाका साथै स्वास्थ्य र अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिइएको जानकारी दिनुभयो । अध्यक्ष भट्टले आफ्नो मन्तव्यमा अझै विद्यालयले प्रगति गर्दै जाने विचार व्यक्त गर्नुभयो।
विद्यालयमा हाल पर्याप्त भौतिक सुविधा, बस सेवा, चमेनागृह, आधुनिक ल्याब र पुस्तकालयको व्यवस्था रहेको तथा विद्यार्थीमा रहेको प्रतिभालाई अगाडि बढाउन अतिरिक्त क्रियाकलापहरूमा विशेष ध्यान दिइएको विद्यालय परिवारले प्रष्ट पारेको छ। यिनै कारणले यो विद्यार्थीको रोजाइको विद्यालय बनेको फलस्वरुप नयाँ विद्यार्थी भर्नामा उल्लेख्य वृद्धि भएको विद्यालय प्रिन्सिपल नवराज पाण्डेले जनाउनु भएको थियो ।

banner

आँखा तथा दन्त शिविर सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने दयासागर शाह लगायत अन्य उपस्थित डाक्टर तथा नर्सहरूलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। विद्यालय परिवारले गुणस्तरी तथा संस्कारयुक्त पठनपाठनका साथै आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा अग्रसर भई निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00