तारकेश्वर नगरपालिका – ११ शेषमती काठमाडौंमा अवस्थित गुरुकुल पब्लिक स्कुलको ३१ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस तारकेश्वर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटीको प्रमुख आतिथ्य तथा गुरुकुल पब्लिक स्कुलका प्राचार्य खिमलाल पौडेलको सभाध्यक्षतामा एक भव्य समारोहका बीच स्कुल परिसरमा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै, प्रमुख अतिथि सिर्जना बुर्लाकोटीले अबको शिक्षा , नैतिकता सहितको शिक्षाको आवश्यकता रहेको विचार व्यक्त गर्नुभएको थियो। उहाँले आफ्नो मन्तव्यमा गुरुकुल विद्यालय चर्चित विद्यालयको रूपमा रहेको र अहिलेको नयाँ व्यवस्थापनले विद्यालयलाईअब्बल बनाउँदै लगेकोमा खुसी व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि बुर्लाकोटीले असल शिक्षा र गुणस्तरीय शिक्षा आज सबैको आवश्यकता रहेको प्रष्ट पार्नुभएको थियो । स्कुलका प्राचार्य खिमलाल पौडेलले आफ्नो मन्तव्य राख्दै अप्ठेरो परिस्थितिमा साथ दिने अभिभावकलाई स्मरण गर्दै , उहाँले बालबालिकाले अभिभावक र शिक्षकले जस्तो व्यवहार गर्छन् त्यही सिकिरहेका हुन्छन् भन्नुभयो । गुरुकुल स्कुलका निर्देशक हरिप्रसाद दवाडीले पाहुनाहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीले गुरुकुल पब्लिक स्कुललाई शुभकामना व्यक्त गर्दै, उहाँलेआजका विद्यार्थीलाई शिक्षा मात्र दिएर हुँदैन ,माया पनि दिनुपर्छ भन्नुभएको थियो।उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशेष अतिथि काठमाडौँ प्याब्सनका सहसचिव शिव अर्यालले बालबालिकाले जन्मँदैमा आ-आफ्नो क्षमता लिएर जन्मेका हुन्छन् , त्यो क्षमता अनुसार प्लेटफर्म गुरुकुल पब्लिक स्कुलले प्रदान गरिरहेको विश्वास व्यक्त गर्नुभएको थियो। त्यसैगरी विशेष अतिथि अर्यालले आफ्नो शुभकामना मन्तव्यमा छिमेकी विद्यालयका नाताले स्कुलको भावी प्रगतिको कामना समेत व्यक्त गर्नु भएको थियो । तारकेश्वर शैक्षिक मञ्चका अध्यक्ष अवसर पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै, उहाँले गुरुकुल पब्लिक स्कुलले इसिए र सिसिएमा राम्रो गर्दै गरेको त्यसमा पनि नयाँ म्यानेजमेन्टले गरेको कामको खुलेर प्रशंसा गर्दछु भन्नुभयो। शुभकामना मन्तव्य दिने क्रममा अभिभावकको तर्फवाट फोटो जर्नालिस्ट अनुप प्रधानले विद्यार्थीहरूको प्रतिभालाई हौसला प्रदान गर्दै ,उहाँले गुरुकुल पब्लिक स्कुलको प्रगतिको कामना गर्नुभएको थियो।


माघ ५ गते सम्पन्न , कार्यक्रममा २०८१ एसईई विद्यार्थी रुबिना बगलले स्कुलबाट आफूले किताबको ज्ञान मात्र नभई जीवन उपयोगी शिक्षा लिएको विचार व्यक्त गर्नुभयो।

प्रकाश अर्याल, सरोज न्यौपाने ,ईश्वरी गौतम ,तारा गौतम , खेमलाल पौड्याल तथा हरि दवाडीहरूको सञ्चालक समिति रहेको उक्त विद्यालयमा टिचिङ र ननटिचिङ गरी ५० जना कर्मचारी संलग्न रहेको विद्यालय परिवारद्वारा जनाइएको छ ।

विद्यालयका शिक्षकहरु दीपक जोशी र डिल्लीराम गौतमले उद्घोषण गरेको उक्त समारोहमा , बेलाबेला युजेन ढकाल, जेनिसा बस्तीजस्ता विद्यार्थीहरूले पनि उद्घोषण कला प्रस्तुत गरेका थिए। कार्यक्रममा गुरुकुल शिक्षा सम्मान ३१ वर्षसम्म लगातार शिक्षण सेवा पुर्याएकोमा वरिष्ठ शिक्षिका बिनिता गुरुङलाई प्रशंसा पत्र तथा दोसल्ला ओढाएर गुरुकुल शिक्षा सम्मानले सम्मानित गरिएको थियो।

विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै स्वागत मन्तव्य तथा स्वागत गीत , राष्ट्रिय गीत, स्वागत नृत्य , फुटबल नृत्य तथा मौलिक भेषभुषा र सांस्कृतिक पहिरनमा उच्चकोटीको मनोरञ्जनपूर्ण जातजातीका नृत्यहरूका साथै स्काउट तथा योगा लगायतका समय सान्दर्भिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए।उक्त ३१ औँ वार्षिक उत्सव , अभिभावक दिवस तथा विशेष सांस्कृतिक समारोह – २०८२ मा वेष्ट फाइनान्सका सञ्चालक रामलाल श्रेष्ठ, तारकेश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकी, काठमाडौँ प्याब्सनका कोषाध्यक्ष डि.एन . अधिकारी ,शिक्षासेवी शिवलाल भण्डारी, प्याब्सन केन्द्रीय सदस्य लोकेन्द्रबहादुर खड्का, हिसान काठमाडौँका सचिव कमल ज्ञवाली ,न्युटन हाइ स्कुलका डाइरेक्टर, विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थाका प्रतिनिधिहरू, अभिभावक तथा छिमेकी विद्यालयका प्रिन्सिपल तथा समाजमा योगदान पुऱ्याएका प्रतिनिधि व्यक्तिहरूको उपस्थिति रहेको उक्त कार्यक्रम उल्लासमय तवरले सम्पन्न भएको थियो ।
