Thursday, April 16, 2026

नेपाली कांग्रेस संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्व प्रकाशलाई बढायो कारबाही

संयम दैनिक
0 कमेन्टहरु

पार्टीको हित विपरीत कार्य गरेको भन्दै बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्कासन गरेको छ। सहमाहामन्त्री फरमुल्लाह मन्सुलाई पनि कारबाही गरिएको छ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रक्रिया अगाडि बढिरहेकै छ। भृकुटी मण्डपमा महाधिवेशनका प्रतिनिधिहरूले नयाँ कार्यसमितिको विधान अनुसार नै निर्वाचन गराउँदै गरेको जनाइएको छ। शेरबहादुर देउवा पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका साथै सह महामन्त्रीलाई पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको घोषणा छ । गगन थापा / विश्व प्रकाश समूहले चुनाव चिन्ह रुख र झण्डा आपनो हुने दावी गरेका छन् । अहिलेसम्मको कांग्रेस दुई टुक्रा भएको छ ।

You Might Also Like

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00