Saturday, June 6, 2026

चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता तेक्वान्दोको नतिजा सार्वजनिक : पहिलो एन्जल्स हार्ट , दोश्रो सेन्ट जोसेफ, तेश्रोमा कौशल इङ्लिस स्कुल पुरस्कृत

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिकाको आयोजना तथा सृजना ज्ञानसागरको संयोजनमा चौथो रनिङ शिल्ड प्रतियोगिता तेक्वान्दो विधाको उद्घाटन प्रमुख अतिथि  कृष्णहरि महर्जनले सृजना ज्ञानसागर स्कुलमा गर्नुभएको छ ।

सृजनाज्ञान सागर स्कुल व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ दाहालको सभाध्यक्षता रहेको तेक्वान्दो खेल उद्घाटन कार्यक्रममा उपमेयर सृजना बुर्लाकोटीले आपनो स्वागत मन्तव्यमा   खेल मैत्रीपूर्ण  , त्रुटिरहित प्रतियोगिता हुने अपेक्षा राख्नुभएको थियो। त्यसैगरी सृजना ज्ञानसागरका प्राचार्य राजेन्द्र प्रसाद फुयालले  खेल प्रतियोगिता संयोजन गर्ने अवसर दिएकोमा तारकेश्वर नगरपालिकाप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।

मंसिर १४ गते उद्घाटनसहित दिनभर ३४ वटा विद्यालय स्पर्धामा  रहेता पनि ,उक्त तेक्वान्दो प्रतियोगितामा प्रथम स्थानमा सबैलाई पछि पार्दै  एन्जल हार्ट स्कुल पर्न सफल भयो ।  दोश्रो स्थान सेन्ट जोसेफ स्कुलले हात पाऱ्यो भने तेश्रो स्थान कौशल इङ्लिस स्कुलले प्राप्त गरेको  तेक्वान्दो खेल समिति  सदस्य प्रविन खड्गीले संयम दैनिकलाई प्रष्ट पार्नुभएको छ ।

तेक्वान्दो खेल समिति सदस्य प्रविन खड्गीले तेक्वान्दोमा पुम्से तर्फ एकल महिला तथा एकल पुरुष पर्छ भने गेरोगी तर्फ दशवटा तौल समूहमा ५ महिला र ५ पुरुष पर्छ भनी संयम दैनिकलाई प्रष्ट पार्नुभएको थियो।

प्रतियोगितामा विशेष अतिथिहरुमा प्रारम्भ वर्ल्ड स्कुलका प्रिन्सिपल कमल ज्ञवाली ,  तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकी , तारकेश्वर खेलकुद समिति अध्यक्ष विक्रम खड्गी लगायत खेल प्रशिक्षक , रेफ्री , खेल संयोजकका साथै खेलसंयोजक समिति सदस्यहरु, खेलाडी विद्यार्थीहरू, शिक्षक -कर्मचारी तथा खेलप्रेमी जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो। उक्त उद्घाटन कार्यक्रमको सहजीकरण स्कुल कोर्डिनेटर  उद्धव फुयालले गर्नुभएको थियो । प्रमुख अतिथि तथा विशेष अतिथिवाट खेलाडी विद्यार्थीहरुलाई हौसला प्रदान गरिनुको साथै मेडल तथा प्रमाणपत्र  प्रदान गरिएको थियो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00