224

त्यसैगरी कार्यक्रममा विद्यार्थीले स्वागत गीत, स्कुल गीतले अतिथिको स्वागत गर्नुभएको थियो । शिक्षक करण शाही र स्कुलकै छात्रा विदिशा शाहले पनि स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी स्वागत नृत्यले पनि बालबालिकाले उपस्थित अभिभावक र अतिथि गणलाई स्वागत गर्नु भएको थियो । स्वागत मन्तव्य दिनेहरूमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले ज्ञान मन्दिर विद्यालयले गुणस्तरी शिक्षा र खेलकुदको विविध क्षेत्रमा सफलता हासिलगरेको तथ्य प्रष्ट पार्नुभएको थियो। आफ्नो मन्तव्य राख्दै काठमाडौँ महानगर अध्यक्ष गगनसिंह ऐरले ज्ञान मन्दिर सेकेन्डरी इङ्लिस स्कुललाई महानगरका २० उत्कृष्ट विद्यालयभित्र पर्न सक्ने प्रशस्त आधारहरु भएकाले आगामी दिनमा स्कुलले उत्कृष्टता हासिल गर्ने छ भन्ने विश्वास व्यक्त गर्नुभएको थियो।

समाजमा योगदान पुर्याएका १७ जना जेष्ठ नागरिकलाई दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।सम्मानपत्रमा लेखिएका शब्दहरू उद्घोषक फणिन्द्र भट्टराईले पढेर सुनाउनुभएको थियो। त्यसैगरी अवकाश प्राप्त शिक्षकलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएकोथियो ।

स्कुलका प्राचार्य रबिन बस्नेतले आफ्नो मन्तव्यको क्रममा, उहाँले शिक्षासँगै संस्कारमा ज्ञानमन्दिर स्कुलले जोड दिएको सन्दर्भ उल्लेख गर्दै, उहाँले विद्यार्थीको क्षमताको पहिचान गर्नु र त्यही क्षमता बमोजिम उनीहरुलाई प्रोत्साहन गर्ने स्कुलको अभिप्राय रहेको प्रष्ट पार्नुभयो । उहाँले आफ्नो मन्तव्यमा , हाम्रो देश र परिस्थिति अनुसारको कार्यक्रम नै हाम्रो विद्यालयको कार्यक्रम हो , परिस्थिति अनुसारको व्यवहारिक सिकाइ नै वास्तविक विद्यार्थीको जीवन उपयोगी सिकाई हो ,भन्दै प्राचार्य बस्नेतले सबै विद्यार्थीलाई अगाडि बढ्न हौसला प्रदान गर्नुभएको थियो।

स्कूलका भाइस प्रिन्सिपल ज्ञानेन्द्र गिरीले , स्कूलका संस्थापक व्यक्तित्व केशवलाल नेपालीका सुपुत्र पुरुषोत्तम मानन्धरले आफ्ना आमाबुवाको नाममा केशव – लक्ष्मी स्वर्ण पदक प्रत्येक वर्ष एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गर्दै गरेको सन्दर्भ उल्लेख गर्दै , यसपालि विदिशा श्रेष्ठले ३ .९६ अङ्क प्राप्त गरेर उक्त कार्यक्रममा पदक प्राप्त गर्न सफल भएको जानकारी दिनुभएको थियो । अर्कोतिर ९ जना अभिभावकहरूलाई उक्त कार्यक्रममा लक्की ड्रअको माध्यमबाट पुरस्कृत गरिएको थियो ।

सञ्चालक समिति सदस्य फणिन्द्र भट्टराईले आकर्षक ढङ्गले सञ्चालन गरेको उक्त कार्यक्रममा बालबालिकाले आफ्नो मौलिक भेषभुषामा विभिन्न किसिमका जातजाति, धर्म – संस्कृतिलाई प्रतिनिधित्व गर्दै सांस्कृतिक कार्यक्रमहरू देखाउनु भएको थियो । स्काउटका गतिविधिहरु अभिभावकको माझ प्रदर्शन गर्दै विद्यार्थीहरुले कराँते, योगा गीत सङ्गीतका कार्यक्रमहरु , शास्त्रीय संगीतमा नृत्यहरु प्रस्तुत गर्नुभएको थियो । अभिभावकले खचाखच भरिएको ज्ञानमन्दिर सेकेन्डरी इङ्लिस स्कुल परिसरभित्र विद्यार्थीले अभिभावक , अतिथि र शुभचिन्तकहरुलाई दिनभर मनोरञ्जन प्रदान गर्नुभएको थियो।

कार्यक्रममा काठमाडौँ प्याबसन सहसचिव तथा ओप्स सचिव शिवप्रसाद अर्याल , नेपाल सरकारका पूर्व सचिव एवं अर्थविद डाक्टर विष्णुप्रसाद गौतम , हिसान जिल्ला उपाध्यक्ष गोपीराज पराजुली , काठमाडौँ महानगर सहसचिव बाबुराम गौतम , तारकेश्वर प्याप्सनका कोषाध्यक्ष बद्री भट्ट , कामना स्कुलका प्रिन्सिपल नवराजपाण्डे , स्कुलका सञ्चालक समिति सदस्य रामचन्द्र खतिवडा , राष्ट्रका खेलाडी तथा समाजसेवी ध्रुवविक्रम मल्ल , सचिव काठमाडौँ प्याब्सन आर .सी . भट्ट , साहित्यकार माधव घिमिरे अटल , प्याब्सन काठमाडौँ जिल्ला समिति कोषाध्यक्ष डि . एन . अधिकारी , प्रहरी साझेदारी सदस्य तारा वली लगाएत ,विभिन्न समाजसेवी, टोल सुधार समितिका अध्यक्षहरू , समाजमा ख्याति पुर्याएका गन्यमान्य महानुभावहरुको उपस्थितिले कार्यक्रमको गरिमा अझै बढाएको थियो।
ज्ञानमन्दिर सेकेण्डरी इङ्लिस स्कुलले बालाजु हाइटको आपनै प्राङ्गणमा ३८ औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न गरेको छ।

स्कुलका सञ्चालक समिति अध्यक्ष तथा ३८ औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमका सभाध्यक्ष पुरुषोत्तम मानन्धर रहनुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा जनस्वास्थ्य विज्ञ डा .अरुणा उप्रेती रहनुभएको थियो । प्रमुख अतिथिको तर्फबाट बोल्दै डा . उप्रेतीले बालबालिकाको खानपानको विषयलाई लिएर आफ्नो धारणा प्रष्ट पार्दै , उहाँले चाउचाउ, बिस्कुट , पाउरोटी र यी जंगफुडहरु खुआउनु भनेको आफ्ना बालबालिकाको मुटु ,कलेजो फोक्सो र मस्तिष्क बिगार्नु हो भन्दै , उहाँले आफ्नो मन्तव्यमा मानसिक स्वास्थ्य र जङ्कफुडलाई नजिकबाट नियालेर बालबालिकाको खानपानमा ध्यान दिन आग्रह गर्नुभयो ।

|
|