Thursday, April 16, 2026

प्रकृति लम्सालको रहस्यमय निधनले भारतमा पढिरहेका नेपाली विद्यार्थीहरू झस्किएको अवस्था

संयम दैनिक
0 कमेन्टहरु
प्रकृति लम्सालको

गत आइतबार भारतको ओडिसा राज्यमा केआइआईटी कलेजमा भएको प्रकृति लम्सालको रहस्यमय निधनले भारतमा पढिरहेका नेपाली विद्यार्थीहरू झस्किएका छन्।

हजारौं विद्यार्थीले पढ्ने गरेको केआइआइटी कलेज र त्यही कलेजका गुरु – गुरुआमाहरुले देखाएको व्यवहारले गुरु र विद्यार्थीका वीचको विश्वासमाथि दरार पैदा गरेको छ। कुनै पनि त्यस्तो खाले शैक्षिक संस्थामा आफ्नो विद्यार्थीको रहस्यमय मृत्यु भएपछि त्यो कुराको सत्यतथ्य बाहिर ल्याएर पीडित परिवारलाई बोलाएर समस्या समाधान गर्नुपर्नेमा केआइआइटी कलेज नै अपरिपक्क देखियो र विद्यार्थी – विद्यार्थी बीचको भेदभाव खडा गरेको आभास नेपाली विद्यार्थीले मात्र होइन भारतकै विद्यार्थीहरूले पनि अनुभव गरेका छन्। यो वास्तवमा शिक्षक र विद्यार्थी बीचको विश्वास र सम्बन्धमाथिको अविश्वासको भयावह पर्खाल हो, अन्तर्घात हो।केआइआइटी कलेजमा पढिरहेका विद्यार्थीहरूको लागि चाहे भारतीय हुन्, चाहे नेपाली हुन्, चाहे जुनसुकै राष्ट्रका पढ्ने उद्देश्यका साथ पुगेका विद्यार्थी भाइबहिनीहरू हुन्। ती सबै त्यही स्कुल /कलेज परिवारकै सदस्यहरु हुन् सबै विद्यार्थीका गुरु गुरुआमा त्याहाँका जिम्मेवार शिक्षक , कर्मचारी र प्रशासक नै हुन् , भन्ने कुरा समेत बुझ्न नसक्ने अभद्र र गैर जिम्मेवार कार्यरत शिक्षक तथा कर्मचारीको यो उग्र स्वरूपले मर्यादा तोडेको दृष्य देखेका विद्यार्थीले ती कलंकित गुरुहरुमाथि आउँदा दिनमा कसरी विश्वास गर्ने ? अड्विक श्रीवास्तवलाई बचाउन नेपाली विद्यार्थीको मृत्युमाथि खेलवाड गर्ने अध्ययनरत विद्यार्थोलाई होस्टेलबाट निस्कासन, कुटपिट र ज्यादतीपूर्ण व्यवहार भएको घटनाले केआइआइटी कलेजलाई जति निन्दा गरेपनि कमी नै हुने गर्दछ ।

अर्को शब्दमा भन्नुपर्दा केआइआइटी कलेजमा जहाँ न गुरुत्व भेटियो न ज्ञान नत सामान्य सचेतनाबद्ध शिक्षाका धमिला अंकुरण देखिए यो घटनाले म सामान्य मान्छे त यति विचलित भएँ जस्का छोरीहरु / छोराहरु भारतमै पढिरहेका छन् उनीहलाई निदाउन गाह्रै हुन्छ होला।

भारतीय वरिष्ठ पत्रकार रविश कुमारले भनेअनुसार नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीले दिल्ली दुताबासलाई त्यहाँ के भएको हो बुझ्नु भन्नु नभएको भएको भए सायद नेपाली विद्यार्थीहरुमाथि अझैँ ठूलो दुर्व्यवहार हुन सक्ने र नेपाली विद्यार्थीहरूअझ डरलाग्दो खतराको सामना गर्नुपर्ने अवस्था पनि सिर्जना हुन सक्ने सम्भावना रहेको प्रष्ट पारेका छन्।

banner

कलेजले अन्यायमा परेका विद्यार्थीहरूमाथि आफै लिनुपर्ने पहल लिन आलटाल गरेपछि सचेत नेपाली विद्यार्थीले सत्यतथ्यको माग राख्दा घटनालाई दबाउन खोज्दा , कलेजको बजेट र नेपालको राष्ट्रिय बजेटको तुलना गर्दै आफ्ना विद्यार्थीलाई हेप्ने गुरुवर्ग भारत बाहेक विश्वमा पाउन गाह्रो होला। कसरी भारतलाई प्रजातान्त्रिक देश भन्नु पढे लेखेका व्यक्ति त न्याय माग्दा त्यति तल ओर्लदा रहेछन्, सामन्य भारतीले के बुझेको होला जो कोहीको मनमा पनि यस्तै प्रश्न आउन सक्छ।

त्यसैगरी टाइम्स अफ इन्डियाले लेखेको छ – ‘ विकासशील देशहरूको लागि शैक्षिक केन्द्र बनाउन चाहने भारत सरकारका लागि यस्तो खाले घटना चेतावनीको घन्टी हो। ‘ सन् २०१३ मा एक विश्वव्यापी सर्वेक्षणले भारतलाई सबैभन्दा बढी नश्लीय विभेद गर्ने देशहरू मध्यको देश भनेर मजाकको विषय बनाइएको थियो भारतमा धेरै ठूला काम गर्ने संघ संस्थाहरू छन्।विश्वमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक संघसंस्थाहरू छन्। तर आज पनि भारतको ओडिसा राज्यमा भएको यो व्यवहारले मानवता , धर्म , संस्कृति र शिक्षा -संस्कार विरोधी विभेदको चरम सीमा नै देखिन्छ। अंग्रेजको गुलामी सहेको भारत कि अरुलाई दमन गर्छ कि आफै दमनमा पर्छ। सन्तुलित व्यवहार गर्न सक्ने भारतमा अझै पनि सामर्थ्य देखिँदैन हुन त विश्व हल्लाउने नेताहरु, चमत्कारिक विज्ञान हाँक्ने वैज्ञानिकहरु ,विश्व प्रसिद्ध लेखकहरू ,विश्वमा नामाङ्कित उद्योगपतिहरू भारतमा छन्। तर असभ्य ,बर्बरता र जंगली युग पनि शैक्षिक संस्थाभित्रकै प्राध्यापक कर्मचारी प्रशासन ,सुरक्षा निकाय भित्र देखिएको छ हामीले नेपाली विद्यार्थी गुमाएका छौं भारतको लागि यो सामान्य होला नेपालीको लागि यो एउटा कहिले नमेटिने धब्बा भएर रहनेछ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00